टेक्टर दुर्घटनामा चालकको मृत्यु छ जना घाईते
कालीकोट
८चैत्र÷सदरमुकाम मान्ममा टेक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने छ जना घाईते भएका छन ।
सुर्खेत जुम्ला सडक खण्डको कालीकोटको मान्म गाविस एक स्थित सुनार खोलामा आज विहान साढे आठ वजे भे १ त ४४७५ को टयाक्टर पल्टिदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सडक निर्माणको काममा रहेका मान्म गाविस १ का टेक्टर चालक वर्ष २८का अमर विष्टको घटना स्थलमा मृत्यु भएको हो ।
घाईते भएका सवै जना सडकमा काम गर्ने मजदुर रहेको बताइएको छ । घाईतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइेतको सनाखत भेरहेको बताइएको छ ।सुर्खेत जुम्ला सडक खण्डको बलक न. २ सेरीघाटमा वालुवा तथा ढुङ्गा बोक्ने काम गरीरहेको अवस्थामा सेरीघाट देखि मान्म बजारमा आउदै गरेको समयमा आइतवार विहान साढे आठ बजे सुनार खोलामा दुई सय मिटर लत खस्दा दुर्घटना भएको बताइएको छ । यस अघि दाहां गाविसको विहानि हुदै सदरमुकाम तर्फ आउदै गर्दा टेक्टर खस्दा चालक र सहचालकको घटना स्थलमा मृत्यु भएको थियो । यस अघि सोही स्थानमा दुई वटा दुर्घटना भैसकेको बताईएको छ । सुर्खत जुम्ला सडक निमार्णका क्रममा जिम्मा लिएको तत्काली शाही नेपालि सेनाले स्तर उन्नति नगरी सडक विभागलाई हस्तान्तरण गरेका कारण पटक पटक यातायातका साधनहरु दुर्घटनामा पर्ने गरेको स्थानियहरुले आरोप लगाउदै आएका छन । अहिले सम्म दर्जनौको संख्यामा कर्णालि राजमार्गमा दुर्घटनाका कारण एक सय बढिले ज्यान गुमाइसकेका छन ।
No comments:
Post a Comment