कालीकोटमा च्याउ खेति प्रति कृषकहरु आकर्षित
कालीकोट
९चैत्र÷राम्रो आम्दानि हुने देखेपछि कालीकोटका अधिकांस कृषकहरु च्याउ खेति तर्फ आर्कषित हुन थालेका छन । विभिन्न निकायबाट प्राप्त सिपका आधार च्याउको व्यवसायबाट प्रत्यक्ष रुपमा छोटो समयमा लाभ लिन सकिने भएकाले यस प्रति पछिल्लो समयमा कालीकोटमा कृषकहरु आकर्षित हुन थालेका हुन ।
जिल्लामा सरकारी निकाय र गैर सरकारी निकायको सहयोगमा तालिम लिएर च्याउ खेतिको व्यवसाय शुरु गरिएको हो ।
यसै गरी बदालकोट गाविसको बरांतु गांउकी तारा गिरी विरु भारतीले पनि व्यवासायिक रुपमा च्याउ खेति शुरु गरेकी छन । उनले यस अघि अन्य तरकारीको विउ उत्पादनका साथै तरकारी व्यवसाय गर्दै आएकी छन ।
जिल्ला कृषि विकास कार्यलय कालीकोटले जिल्लाका मान्म, दांहा, मेहलमुडि,लालु,फुकोट,बदालकोट लगाएतका गाविस बाट २५ जनालाई च्याउ खेति सम्बन्धि दुई दिने तालिम हिजो बाट शुरु गरि आज सम्पन्न भएको छ । तालिममा सहभागिहरुलाई जिल्ला कृषि विकास कार्यालय कालीकोटले च्याउ खेतिका लागि कृषकहरुलाई विउ समेत दिइएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका वालि संरक्षण अधिकृत प्रकाश पाण्डेले बताउनु भएको छ । जिल्लाका एक सय पांच जनालाई च्याउको विउ वितरण गरिएको पाण्डेले बताउनु भएको छ । वहांका अनुसार गत वर्ष दुई सय ५० जनाका लागि ल्याइएको च्याउको विज चेतनाका अभावका कारण एक सय ५०ले मात्र च्याउ खेति गरेको र वांकी विउ कुहेको बताउदै यस वर्ष लक्ष भन्दा बढि कृषकहरुको चासो बढेको बताउनु भएको छ ।
जिल्ला कृषि विकास कार्यलय कालीकोटका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलले लक्ष भन्दा बढि कृषकहरुले च्याउ खेति प्रति आकर्षित भएकोमा खुशि ब्याक्त गर्नु भएको छ । खरेलले च्याउ खेति बाट आत्मनिर्भर बन्न सक्ने भएकाले राम्रो तरिकाले च्याउ व्यवसाय गर्न अनुरोध गर्दै प्राविधिक सहयोग आफुहरुले दिने बताउनु भएको छ । वहांले कार्यक्रममा एक सय ५०मात्र राखिएको भएपनि चार सयलाई विउ उपलब्ध गरिएको बताउनु भएको छ । यस अघि जिल्लाका पांच गाविसका १० जनालाई सहयागि हातहरुको समुह(सहास)नेपालले च्याउ खेतिका लागि तालिम दिएको थियो ।
अहिले जिल्लामा हिमचुलि कृषि सहकारी सस्थाले जग्गा भाडामा लिएर च्याउ खेति शुरु गर्न लागेको सस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले बताउनु भएको छ ।
कालीकोटको बजारमा कन्ये च्याउको मुल्य प्रति किलोे दुई सय देखि तीन सय सम्म विक्रि हुने गरेको कृषकहरुले बताएका छन ।
No comments:
Post a Comment