सुधारिएको मातृभुमि चुल्हो जडान गरिने
मान्म(कालीकोट)
१०चैत्र÷कालीकोटमा हिमचुलि कृषि सहकारी सस्थाले आफ्ना सदस्यहरुको घरमा धुंवा रहित सुधारिएको मातृभुमि चुल्हो जडान गर्न शुरु गरेको छ ।
सदरमुकाम मान्ममा रहेको हिमचुलि कृषि सहकारी सस्थाले शेयर सदस्यहरुको घरमा सो चुल्हो जडान गर्ने भएको हो ।मातृभमि उर्जा प्रा.लि.काठमाडौका अध्यक्ष मधुकर के.सि.आफैले निमार्ण गरी धुंवारहित चुल्होले कम मात्रामा दाउराको प्रयोग हुने चुल्हो अनुसन्धान गरेका हुन । उक्त चुल्होको प्रयोगले कालिकोटमा धुंवा रहित हुने भएकाले मातृभुमि चुल्होको लोक प्रियता बढ्दै गएको छ ।
कालीकोटमा धुंवारहित गाविसको अभियान चलिरहेको समयमा मातृभुमि चुल्होका प्रयोगले जिल्लाका दाउरा कम पाउने स्थानका स्थानिय बासिन्दाका लागि राहतको महसुस गराउने बताइएको छ । हाल कालीकोटका स्थानियले परम्परागत चुल्होको प्रयोग गर्दै आएका छन । स्थानिय स्तरमा गृहणिहरुमा मातृभुमि चुल्होको प्रयोग गरेमा समयको बचत र दाउराको कम खपत भएर वन जंगल समेत जोगिने सस्थाले जनाएको छ । त्यति मात्र होइन सुधारिएको मातृभुमि चुल्होको प्रयोगले वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताइएको छ ।
हिमचुलि कृषि सहकारी सस्थाका कार्याकारी प्रमुख भिम प्रसाद बरालका अनुसार जिल्लाका विभिन्न गाविसका दुई हजार शेयर सदस्यहरुको घरमा सुधारिएको मातृभुमि चुल्हो बनाउन लागिएको बताउनु भएको छ । वहांका अनुसार सस्थाले भान्छा घर सुधार कार्यक्रम अन्तरगत शेयर सदस्यहरुको घरमा परिवर्तन ल्याउने उद्देश्यले यो कार्यक्रमलाई अघि सारिएको बताउनु भएको छ । विद्युत वा सोलार बाट प्रयोग गरिने चुल्होमा ८० प्रतिशत हावाले काम गर्ने र २० प्रतिशत मात्र दाउराको प्रयोग हुने भएपछि स्थानियहरुले घर घरमा मातृभमि चुल्होको माग गर्न थालेको बताइएको छ । अहिले कालीकोटका मान्म, फुकोटमा ३० वटा चुल्हो बनाई प्रयोगमा आई सकेको सस्थाले जनाएको छ । मातृभुमि उर्जा प्रा.लि. बाट प्रशिक्षक तथा अनुसन्धान सहयोगि ओम सेनको उपस्थितिमा चुल्होका लागि कालिकोटमा प्राविधिकलाई एक हप्ताको तालिम दिइएको बताइएको छ । प्रशिक्षक सेनका अनुसार प्युठान जिल्लाको पाडावाड्ड ४का मधुकर के.सि.द्धारा आफ्नै घरमा परम्परागत चुल्होको प्रयोगबाट स्थानियले सास्ति खेप्नु परेपछि मातृभमि चुल्होको शुरुवात भएको बताउनु भएको छ । वहांका अनुसार १२ वर्ष अघि चुल्होको बारेमा अनुसन्धान भएपनि विगत दुई वर्ष देखि मातृभुमि चुल्होको प्रभावकारीता बढेको बताउनु भएको छ । हाल देशका १२ जिल्लामा विभिन्न निकाय संग साझदारीमा बनाउने काम भैरहेको बताइएको छ । देशका विभिन्न जिल्लामा गरिएको लामो प्रयास पछि ३० आंै नम्बरमा मातृभुमि चुल्होको प्रभावकारीता भएको बताइएको छ । प्रशिक्षक ओम सेनले कालीकोटमा स्थानियवासिहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएको चुल्हो भन्दा मातृभुमि चुल्होको प्रयोगले सहजता आउने विश्वास लिएको बताउनु भएको छ ।
यस अघि गांउघर उज्यालो कार्यक्रम लागु गरेर शेयर सदस्यहरुको घरमा सौर्य उर्जा कार्यक्रम बाट लोकप्रियता कमाएको सस्थाले यस कार्यक्रमले पनि सदस्यहरुमा नयां आयम थपिने हिमचुलि कृषि सहकारी सस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले बताउनु भएको छ ।
कालीकोटका कुमालगांउ गाविसमा सुन्दर नेपाल सस्थाको सहयोग तथा जिल्ला स्थित हुरेण्डेक कालीकोटको साझदारी तथा जनकल्याण बहुद्देश्यि स्वावलम्बन सहकारी सस्था लि.कुमालगांउको समन्वयमा जिल्लाको पहिलो धुंवारहित गाविस घोषणा भैसकेको छ । सस्थाले कालीकोटमा गाईफार्म,रेमिटयान्स,डेरी लगाएतका कार्यक्रम गरेर नमुना योग्य बनाएको छ ।
No comments:
Post a Comment