Tuesday, April 23, 2013

कालिकोट सन्देश : साहित्य

 


सामाना परिवारको टोलि कालीकोटमा आंउदै

११चैत्र÷जनस्वयंम सेवक नेपालको राष्ट्रिय जागरण अभियानको क्रममा केन्द्रिय जनसांस्कृतिक  सामाना परिवारको पश्चिम टोलिले यहि वैशाख १८ गते कालीकोटको सदरमुकाम मान्म खांडाचक्र बजारमा बृहत सांस्कृतिक जनसभा गर्ने भएको छ ।
  कैलालि जिल्लाबाट शुरु भएको पश्चिम सामाना परिवारको टोलि सुदुर पश्चिमका सवै जिल्ला भ्यायर अहिले मुगुमा हिडीरहेको बताइएको छ ।
      सामाना परिवारका पश्चिम टोलिका कमाण्डर झंकर बुढाको टिमले सुदुर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका क्रान्तिकारी लालकिल्लाहरुमा राष्ट्रियताको हकमा मात्र नभै नेपालि जनताले किन आन्दोलन गर्नू प¥यो र के उपलब्धि भए सोको बारेमा कलासंस्कृति बाट जागरुक गराउन थालेको हो । कर्णालि अञ्चलका जिल्लाहरुले विगतमा खेलेको भुमिका र हाल खेलिरहेको भुमिकाका र भावि खेल्नु पर्ने महत्वपूर्ण जिम्मेवारीले अझै सामान्ति सत्ताका अनुयायिहरुलाई तह लगाउने काम गर्ने देखिन्छ ।
     सामाना परिवारको तहल्का मच्चाउने अभियानमा कालीकोट लगाएत दैलेख, अछाम, वाजुराका छिमेकी जिल्लाहरुका सर्वहारा वर्गहरुको उल्लेखनिय उपस्थितिको अपेक्षा लिइएको छ ।सामाना परिवारको टोलि यस अघि कालीकोटको मान्ममा बृहत कार्यक्रम गरेर हजारौं समुदायको साथ पाएको थियो ।यस कार्यक्रममा पनि सामाना परिवारका प्रस्तुतिले नयां आयाम थप्ने विश्वास लिइएको छ । सामाना परिवारको यात्रा देश भरि सफलतामा पुगोस यहि हाम्रो कामना छ ।

No comments:

Post a Comment