थिर्पुमा एकिकृत घुम्ति शिविर आजबाट शुरु
कालीकोट
चैत्र १४÷अति विकट मानिएको पलांला क्षेत्रको सरस्वति उच्च मा वि थिर्पुमा आज देखि एकिकृत घुम्ति शिविर शुरु भएको छ ।
पटक पटक पलांता क्षेत्रमा जिल्ला स्तरका सरकारी कार्यलय, प्रमुख राजनैतिक दल लगाएतको उपस्थिति नहुने र त्यस क्षेत्रमा जान नमान्ने भन्ने आलोचना हुने गरेपछि मात्र लामो समयको अन्तराल पछि शिविर शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी याम बहादुर बुढामगरको नेतृत्वमा जिल्लाका सरकारी कार्यलयका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । यस अघि कालीकोट जिल्लाको पूर्वि क्षेत्रको छाप्रे गाविसको वालि र राष्कोट क्षेत्रको आरसिपि वजारमा शिविर शुरु भएको थियो । त्यहांको शुरु भएको शिविरमा एक हजार पांच सय भन्दा बढिले सेवा लिएका थिए । जिल्ला प्रशासन कार्यलय कालीकोटले थिर्पु पछि जिल्लाका अन्य क्षेत्रमा घुम्तिशिविर शुरु गर्ने बताएको छ । पहिलो दिनमा के कति प्रगति भयो भन्ने वारेमा विकटताका कारण टेलिफोन सम्र्पक नहुदा जानकारी भने हुन नसकेको बताइएको छ ।

No comments:
Post a Comment