Saturday, April 27, 2013

असिना पानिले हिउदे वालि नष्ट  २०गाई भैसि समेत मरे
कालीकोट
१४ बैशाख÷लामो समयको अन्तराल पछि आएको पानि संगै असिना परेपछि कालीकोटका अधिकांस ठांउमा लगाएको हिंउदे गहुंवालि नष्ट हुंदा कृषकहरु चिन्तित भएका छन ।
    शुक्रवार सांझ परेको असिनाले जिल्लाका स्युना, सिप्खाना,भर्ता,सुकाटिंया,गेला,मुम्रा लागएतका गाविसमा लगाइएको जौ, गहुवालि लगाएत तरकारी खेतिमा समस्या आएको बताइएको छ ।त्यसै गरी ओदानकु गाविसमा वनमा रहेका २० वटा गाई र भैसि असिना पानिले मृत्यु भएको पत्रकार असोक सिंहले बताएका छन ।
   लामो समयमा परेको खडेरीबाट बच्न सफल हिंउदेवालि भित्याउन नपाउदै खेतवारीमा नष्ट भएको हो । गेला गाविसमा परेको असिनाले गहुं वालि नष्ट हुनुका साथै तरकारी समेत नष्ट भएको स्थानिय विवेक पोख्रेलले बताएका छन । त्यसै गरि सिप्खाना गाविसमा स्थापना हुन लागेको सावुन उद्योगको छाना हावाले उडाएको बताइएको छ ।
   ग्रामिण कल्याण परिषद नेपालको समन्वय तथा सेडा नेपालको लगानिमा निर्माण हुन लागेको भएपनि छाना उडाएपछि उद्योग संचालन हुन समय लाग्ने बताइएको छ ।
         कालीकोट जिल्लामा गत वर्ष पनि भित्याउन लागिएको वालि अविरल वर्षा संगै परेको असिनाका कारण नष्ट हुंदा भोकमरीको समस्या आएको थियो । कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुनु जलवायु परिवर्तनका कारण यसो भएको जिल्लाका सरोकारवालले बताएका छन । जलवायु परिवर्तनका कारण लगाएको हिंउदे वालि होस या वर्षेवालिमा उत्पादन हस आउन थालेको कृषकहरु वताउछन । किन उत्पादन घट्यो र उत्पादन बढानउन के गर्नु पर्छ भन्ने वारेमा कृषकहरुलाई थाहा नै छैन ।
   सदरमुकामबाट १८ कोष टाढा रहेको रांचुलि गाविसमा विगत चार वर्ष देखि लगाएको धान वालि उत्पादनमा दोब्बर घटेको स्थानिय कृषक गणेश शाही बताएका छन ।उनका अनुसार लगाएको धान वालिमा खैरो रोग लागे जस्तो देखिने र परिश्रम गरे अनुसारको उत्पादन नभएको बताए । उनले विगत ५ वर्ष देखि भारी मात्रमा आउने हिंउ समेत आउन छाडेको बताएका छन ।

No comments:

Post a Comment