Sunday, June 2, 2013

कालीकोटमा ट्रक पल्टिदा चालक घाईते

रुपेन्द्र ऐडी
कालीकोट
२० जेठ÷कालीकोटबाट सुर्खेत जांदै गरेको माल वाहक ट्रक पल्टिदा ट्रकका चालक घाईते भएका छन ।
जुविथाको गाल्जेबाट लोठ सल्ला जडिबुटी बोकेको ना ३ ख ५६७० नम्बरको ट्रक आज विहान ५ः३० वजे सडकबाट तल खस्दा ट्रक क्षेतविच्क्षेद भएको छ भने दुर्घटनामा  सुर्खेत घर भएका चालक शिशिर बुढा लगाएत अन्य दुई जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
घाईतेहरुको  जिल्ला अस्पताल कालीकोटमा उपचार भैरहेको अहेव नवराज महतले बताउनु भएको छ । वहांका अनुसार विरामीको अवस्था सामान्य भएको बताइएको छ । स्थानिय वासि प्रत्यक्षदर्शि सिंहबहादुर शाहीका अनुसार हिलोका कारण ट्रक रोड भन्दा बाहिर गएर दुर्घटना भएको बताएका छन । वर्षाका कारण कर्णालि राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको दैलेखको खिड्किज्युला देखि जुम्ला सम्म विभिन्न स्थानमा वर्षाका कारण ठांउ ठांउमा सडक अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन ।लामो समय देखि यस सडक खण्डमा मालवाहक तथा यात्रुवाहक गरी विभिन्न समयमा भएका दुर्घटनाका कारण सयांैले जयान गुमा८का छन भने कयौं घाईते जिवन विताउन वाध्य भएका छन । यस जिल्लामा भएका कहालि लाग्दा किट्टु,विर्तामोड लगाएतका घटनाहरु हुन जहां दर्जनौको संख्यामा एउटै चिहान भएको थियो । 
 

No comments:

Post a Comment