रुपेन्द्र ऐडी
कालीकोट
१६जेठ÷विद्यालयमा पढाउने नभई शिक्षक ठेका पट्टा गर्ने क्रम बढे पछि जिल्ला शिक्षा कार्यलय कालीकोटले गरेको अनुगमनमा ६ महिना भन्दा बढि विद्यालयमा हाजिर नभई ठेक्का पट्टा गर्ने गरेको भटिएको छ ।
जिल्लाको सदरमुकाम मान्म स्थित पञ्चकालिका प्रा वि मान्मका प्रधानध्यापक जसि प्रसाद पाण्डे छ महिना, पुष्पलता गिरी ६ महिना,जनजिवन प्रा वि दाहांका प्रधानध्यापक मिन बहादुर शाही, एक सय ४५ दिन हाजिर नभई तलव खाने गरेको अनुगमनमा भेटिएको छ । यि सवै ठेका पट्टामा लागेका छन । जिल्ला शिक्षा कार्यालय कालीकोटका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले जिल्लाका विभिन्न विद्यालयका गरेको छड्के अनुगमनका क्रममा यस्तो भेटिएको बताउनु भएको छ । वहांका अनुसार जिल्लाका अधिकांश विद्यालयमा खाजा कार्याक्रमको रकम र छात्र बृतिको रकम समेत दुरुपयोग भएको समेत भेटिएको बताउनु भएको छ ।
सदरमुकाम मान्म वजारमा रहेको वालमन्दिर निमाविमा समेत सट्टा शिक्षक राखेर अध्यापन गर्ने गरेको बताइएको छ । त्यसै गरी भगवति प्रा वि जिम्जेडी बदालकोटमा पनि खेताला शिक्षक राखेर पढाउने काम भएको स्थानिय अभिभावकले बताएका छ । उता जनता मा वि खार्दुमा रहेका शिक्षक जयलाल न्यौपाने एक वर्ष अघि जिल्ला वाहिर गएका तर अहिले सम्म विद्यालयमा नआएको विद्यालयका लेखापाल मुन बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।वहांका अनुसार विद्यालय बाट दुई पटक उपस्थितका लागि पत्रचार गरिएको भएपनि अहिले सम्म नआएको तर तलव नदिएमा प्रधानध्यापकलाई धम्काउने गरेको बताए । उता नानिकोट गाविस ८मा रहेको कालीका देवि निमावि कोटीलाका महिला शिक्षक चन्दा शाही लामो समय देखि विद्यालयमा नआएर आनो सट्टामा गांउका अलि बहादुर शाहीलाई खेताला शिक्षक राखेर तलव खाने गरेको पाइएको छ । यि सामान्य घटना बाहिर आएका भएपनि जिल्लामा यि यस्ता घटना हरु कयौं भित्र लुकेका छन । जस्ले आवाज उठाउछ समस्याहरु वाहिर आउन नदिने समस्या कायम भएको र स्थानिय स्तरमा जनचेतनको अभावमा विरोध होइन सहमतिमा टुङ्गिने गरका छन । जिल्ला शिक्षा कार्यालयले जिल्लाका दुर्गम तथा गांउका कुना कन्दरामा अनुगमन गरेर वास्तविक दोषिलाई कार्वाही नगर्दा सम्म शिक्षा क्षेत्रमा परिवर्तन हुने सम्भावना कमै रहने जिल्लाका सराकोरवालाले बताएका छन।
जिल्लाका अधिकांश विद्यालयमा यस्तो समस्या भएकाले शिक्षा क्षेत्रमा कालीकोट खस्किदो अवस्थामा रहेको जिल्ला शिक्षा अधिकारी तिवारीको भनाई । विद्यालयमा उपस्थित नभई तलव खाने शिक्षकलाई के कार्वाही हुन्छ त भन्ने प्रश्नमा शिक्षा ऐन अनुसार विभागिय कार्वाहीका लागि सिफारिस गर्ने बताउनु भएको छ । वहांले दोषि शिक्षकलाई विभिन्न निकाय बाट कार्वाही नगर्न फोन आएको समेत बताउनु भएको छ । उता तमलोपा कालीकोट अध्यक्ष नरेन्द्र बहादुर शाहीले जिल्ला शिक्षा समिति शिक्षकहरुको सहभागितामा बनाएको र राजनैतिक गर्ने थलोको रुपमा शिक्षा कार्यालय भएकाले शिक्षकहरु पढाउन भन्दा पनि राजनैतिक र ठेका पट्टा गर्न तल्लिन रहेको बताउनु भएको छ । वहांले कालिकोट जिल्लामा पढाउने शिक्षकहरु अनगिन्ति रुपमा स्कुलमा नगई तलव खाने गरेको बताउनु भएको छ । जिल्लामा कोही शिक्षक ठेका पट्टा त कोही शिक्षकहरु राजनैतिक आडमा आनो व्याक्तिगत काममा सक्रिय हुने गरेका हुन ।
अहिले कालीकोटमा कालीकोट जिल्लामा दुई सय ५० प्रा वि,६१निमावि,२८ मावि,२४ उच्च मावि र ५ वटा क्याम्पस रहेका छन । जति विद्यालय छन सोही अनुसार कालीकोटका विद्यालयका विद्यार्थिको अनुपातमा एक हजार सात सय १४ दरवन्दि आवश्याक रहेको जिल्ला शिक्षा कार्यालय कालीकोटले जनाएको छ ।

No comments:
Post a Comment