Tuesday, May 21, 2013

टुहुरा वालवालिकाहरुलाई जिवन धान्न कठिनाई

रुपेन्द्र ऐडी
कालीकोट
८ जेष्ठ÷कालिकोटका अधिकांस गांउका  टुहुरा वालवालिकाहरुलाई घरव्यवहरा र जिवन धान्न समस्या परेको छ । सदरमुकाम संगै जोडिएको बदालकोट ६ का नमराज शार्की“१३” र वर्ष आठका भाई विर शार्कीका  वुवा जस शार्कीको आठ वर्ष अघि पखाला र त्यसको ठिक एक वर्ष पछि आमा मिमा शार्कीका ह्दयघातका कारण मृत्यु भएपछि टुहुरा भएका हुन ।

    टुहुरा भएका ति वालवालिकाको त्यो अवस्थामा आमा मिमा शार्कीलाई पालन पोषणको चिन्ताले मात्र होइन श्रीमानको चिन्ता लगाएतका कारण ह्दयघात भएर मृत्यु भएको थियो ।जसको मृत्यु ताका गांउमा सात जनाले झाडा पखालाका कारण ज्यान गुमाउन पुगेका थिए । गांउको घर अनि एक माना विउ जाने सानो जमिननले घरका परिवारलाई धान्न सम्भव भएन उनलाई ।श्रीमान हुंदा भारतको कमाईले लत्ता कपडा अनि घरपरिवारका आवश्याकता हल हुने गरेको भएपनि श्रीमानको मृत्यु पछि ति सवै कुरा सपनामा रुपान्तरण भए । उनको सामु केवल समस्याले घर लगाएको महसुस हुन थाल्यो । हरेक चिन्ताले उनि सोच्न नसक्ने अवस्थामा पुगिन तै पनि एउटा छोरा काखमा र अर्काे छोरा गर्वमा बोकेर छिमेकीको काम गरेर पेट पाल्न सफल भईन उनि । तर उनलाई हरेक चिन्ता र छोराहरुको मुख हेर्दा हेर्दै एक वर्ष पछि यस धर्ति बाट दुई छोरालाई छोड्दै विदा भईन । उनका दुई छोराको अवस्था भने झनै दयनिय बन्दै गयो , लालु गाविसमा मामा घर भएका नम र विरलाई मामाले लालु लिएर गए । जव नम बढ्दै गयो उसले थाहा पायो यो त मामा घर रहेछ तीन वर्ष पछि उसका अंकल धनसिंगे शार्की संगै आनो जन्म घर बदालकोट ६ सिकुमा आयो केहि समय अकंल कहां बसेपनि उसले गांउमा मात्र होइन गांउ भन्दा बाहीर कामको खोजिमा गएर आनो पेट पाल्न विभिन्न काम गर्नु प¥यो उनलाई । स्कुलमा पढ्ने रहर भएपनि आफुले कसरी पेट पाल्ने  भन्ने उनलाइ चिन्ता भैरहन्थ्यो वुवाले लगाएको सानो घर मर्मत गरेर उनले अंकल बाट आनै घरमा सर्ने र भाईलाई मामा घर बाट ल्याउने आंटमा उनमा पलायो । उनले भाईलाई ल्यायर घरमा राखे तर कमाई गर्नका लागि आफु घर वाहिर जांदा भाईले आफै खाना बनाउन समस्या उनमा थपियो । त्यस पछि उनले भाईलाई अंकल कहां राखेर आफु कमाई गर्न ज्याला मजदुरीको काम पनि गर्ने र समय मिलाएर स्कुलमा पनि जाने मानसिक्ता उनमा पलायो ।    भाई जव ठुलो बन्दै गयो । उनि अहिले स्कुलमा पनि पढि रहेका र आनो पेट पाल्नका लागि कहिले सडकमा काम गर्न त कहिले गांउमा कसैको काम पाएपछि जाने गरेका छन ।
     गांउका आफन्तले कहिले कांही मौकामा हेर्ने गरेपनि निरन्तर सहयोग पाउन उनलाई गाहृो भएको थियो ।अहिले दिनानु दिन कठिन पूर्ण जिवन विताई रहेका छन । भाई विर शार्कीले अकंल धनसिंगे कहां वसेर विद्यालयमा जान शुरु गरेका छन । उनालाई पारिवारिक कारणले मात्र होइन गांउका सामाजिक कामले समेत गाहृो पार्न थालेको नमले बताए । गांउलाई खुलादिशा मुक्त गांउ वनाउने क्रममा चर्पि वनाउनका लागि गांउका आफन्त तुले शाकीको सहयोग लिएर चर्पि वनाउन सफल भएका छन । उनले आनो छुट्टै चर्पि लगाएर गांउका वाठाटाठालाई भने ठुलै पाठ सिकाएका छन । अहिले सम्म गांउका आफन्तहरु बाट कामको सहयोग र लालिगुरांस प्रा.वि.चौलि बाट दलित छात्रवृति वापत वर्षको दुई सय ५० वाहेक अरु सहयोग कसै बाट नपाएको नमराज शार्कीको भनाई छ । त्यति मात्र होइन गत वैशाखमा भिर बाट खसेर बदालकोट ५ का सक्क खड्काको मृत्यु भयो त्यसको २२ दिन पछि उनको परिवार हातिसरा खड्काको श्रीमानको चिन्ताका कारण खाना नखाई मृत्यु हुंदा उनका दुई छोरा र एक छोरी टुहुरा बने । टुहुरा वालवालिका ६७ वर्षका वाजे रन्न कठायतले पालन पोषण गर्दै आएका छन । सक्क खड्काका जेठी छोरी रमिता खड्का“१३” छोरा पाइलट “११”,खेमराज “४” वर्षका छन । उनलाई गांउमा पालन पोषण र सहयोगका लागि कुनै पनि निकायले मध्य नजर परेको छैन ।
      यि वालवालिका उदाहरणका पात्र मात्र हुन यि जस्ता जिल्लाका अधिकांस इलाकामा टुहुरा वालवालिकाहरुको झनै गम्भिर रहेको छ । वालवालिका को क्षेत्रमा काम गर्ने सरकारी निकाय र गैरसरकारी निकायको निश्चित इलाकामा मात्र भएकाले यि यस्ता गांउका वालवालिका प्रति नत सरकारी निकाय नत गैरसरकारी संघ सस्थाको ध्यान पुग्न सकेको छ । यि यस्ता ग्रामिण इलाकामा काम गर्ने निकायको ध्यान जानु आवश्याक रहेको छ ।जिल्लामा यि यस्ता वालवालिकाको एकिन तथ्याङ्क नभएपनि ग्रामिण इलाकामा भने टुहुरा तथा वहिरा का साथै अपाङ्गहरुको अवस्था जर्जर रहेको छ ।

No comments:

Post a Comment