रुपेन्द्र ऐडी
कालीकोट
४जेठ÷सदरमुकाम बाट २१ कोष उत्तरपश्चिममा पर्ने धौलागोहमा सदरमुकामबाट विश्व खाद्य कार्याक्रमले संचालन गरेको चामल वितरण गरेको ढुवानिको रकम लिएर गएका एक जना उपभोक्ता समितिका अध्यक्ष माथि हातपातका साथै स्थानिय वासिको रकम १७ लाख लुटपाट भएको छ ।
लुटपाटमा परेका धौलागोह गाविस ९ निवासि नर्जङ्ग भण्डारी रहेका छन । गत जेठ १ गते सदरमुकामबाट रकम लिएर घरमा गएका भण्डारी र अन्य दुई जना छुट्टिएको आधा घण्टा पछि सोही दिन वेलुका ५ वजे सैन भन्ने ठांउमा मुखमा मुकुण्डो बांधेका अपरिचित दुई जनाको समुहले नर्जङ्ग भण्डारीलाई आक्रमण गरि घाईते बनाएको र साथमा रहेको १७ लाख रकम लुटपाट गरेको बताइएको छ ।
लुटपाट पछि घाईते भएका भण्डारीको साथमा कोही नभएकाले रात भर जंगलमा रहेको र गांउ नजिक नभएकाले विहवार विहान विद्यालयमा जाने विद्यार्थि आएपछि मात्र भण्डारीलाई देखेर गांउलेहरुलाई जानकारी गराएपछि गांउलेहरु आएपछि नर्जङ्ग भण्डारीको अवस्था गम्भिर भएकोले प्रहरीलाई जानकारी गर्दा इलाका प्रहरी कार्यालय थिर्पु बाट टोलि गएर घटना स्थलको मुचुल्का गरेको बताइएको छ ।
घटना स्थलमा भण्डारीले लिएको कृर्षि समाग्री यत्र तत्र यांकिएको र सन्चो नामको कांचको सिसी र एउटा घडि भेटिएको इलाका प्रहरी कार्यालय थिर्पुले जनाएको छ । घाईते भण्डारीलाई आज स्टेचरमा बोकेर जिल्ला अस्पताल कालीकोटमा ल्याइएको छ । सदरमुकाम आएका कसाथमा रहेका स्थानिय वासि छत्र बहादुर कार्कीले रकम लुटपाट गर्ने टाढाको नभै नजिकको हुन सक्ने बताउदै घाईतेको बांया आंखा,दांया हात र दांया खुट्टामा गम्भिरमा चोट लागेको बताए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका असई शेरबहादुर थापाले रकम लुटपाट गर्नेको खोजि कार्य जारी राखेको बताउनुका साथै घाईतेका अवस्था गम्भिर भएकाले सामान्य हुलिया समेत जानकारीमा नआएको बताउनु भएको छ । वहांका अनुसार विरामीको उपचार पछि मात्र अज्ञात समुहको खोजि गर्न सहज हुने उनको ठम्याई छ ।
कधौलागोहका २२ जना स्थानियले स्टेचरमा दुई दिनमा बोकेर आज सदरमुकाम पु¥याएका हुन । जिल्लाका अत्यान्तै दुर्गम तथा विकट इलाका र वर्षेनि भोकमारीको समस्या हुंदै आउने क्षेत्र भएकाले विश्वखाद्य कार्यक्रमलेविगत तीन वर्ष देखि विकास निर्माणको काम गराउदै चामल दिदै आएको थियो । यस वर्ष प्रत्येक घर परिवारलाई १८ वटा स्याउका विरुवा वितरण गर्नुका साथै सार्वजनिक जग्गामा स्याउ फारम स्थापना गरेको छ ।

No comments:
Post a Comment