Monday, April 29, 2013

यात्रुवाहक गाडिमा चामल बोकेको भन्दै रोकिए
 कालीकोट
१६ चैत्र÷यात्रु वोक्ने गाडिमा नेपाल खाद्य संस्थान जुम्लाको चामल र नुन ल्याएको भन्दै टा«फिक प्रहरी कार्यालय कालीकोट द्धारा पांच वटा गाडि मान्ममा रोकिएका छन ।

   नेपालगंज वसपार्कबाट जुम्ला जिल्ला खाद्य संस्थानको चामल र साल्ट्रेनिङ्गको नुन ल्याइएको हो । ना ४ ख ५७९१ नं.को गाडिमा ३० कुयन्टल चामल, बा२ख ६३१८न.को गाडिमा ४० कुयन्टल नुन समेत ल्याइएको छ । अन्य तीन वटा वसमा ३५÷३५ कुयन्टल चामल ल्याइएको बताइएको छ । गत असोज ४ गते क्षेत्रिय प्रशासन कार्यलय सुर्खेतले यात्रुवाहक गाडिमा सामान नहाल्ने र यदि हालेमा गाडिलाई रोक लगाउने भनेपनि ट्राफिक प्रहरीको मिलिमतोमा धमाधम यात्रुवाहक गाडिमा सामान ल्याउने गरिएको छ । नियम विपरित गाडिमा सामान ल्याउदा ट्राफिक प्रहरीले जरिवाना एक हजार रकम काटेर गाडि पठाउने गरिएको भएपनि यस पटक भने प्रहरीले कडाई गरेको छ ।  गत महिनामा मुगुका लागि ल्याइएको विश्व खाद्यको चामल यात्रुवाहक गाडिमा ल्याएको भन्दै जिल्ला ट्राफिक कार्यालय कालीकोटले दुई दिन सम्म कालिकोटमा दुई वटा वस रोकेको थियो भने फेरी गल्ति नदोहो¥याउने भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटमा कागज बनाएपछि छोडिएको थियो । आईतवार ल्याइएको चामल तथा नुनका लागि जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जुम्ला जिल्लामा खाद्यन्न संकट परेको भन्दै यात्रु वाहक वा अन्य यातायातका साधनमा खाद्यन्न ल्याउन हुन भनि इजाजत दिएको छ । प्रेशित पत्रमा जुम्लाको समस्यालाई मध्यनजर गर्दै पत्र पठाइएका कारण बाटोमा ट्राफिक प्रहरीले नरोकेको गाडिमालिक तथा चालकहरुले बताएका छन । एक गाडि चालकले नाम नवताउने सर्तमा आफुहरुले सामान नहाल्ने भनेको तर जुम्ला जिल्लाका प्रजिअको पत्र भएकाले बाटोमा समस्या नआउने भने पछि सामान ल्याउनु परेको बताएका छन । उता जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाबाट कसैलाई पनि खाद्यन्न ल्याउनका लागि पत्र नदिएको बताएका छन ।यता जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरिक्षक रमेश पोख्रेलले टा«फिक नियम विपरित यात्रु वाहक गाडिमा समान ल्याएको भन्दै सो सामान अन्य मालवाहक गाडिमा  नहाल्दा सम्म गाडिलाई जान नदिने बताउनु भएको छ । वहांले नेपालगंज देखि कालिकोट सम्म सामान ल्याउदा किन बाटोमा ट्राफिक प्रहरीले चेक अफ गरेन भन्ने प्रश्न समेत गर्नु भएको छ । पोख्रेलले विच बाटोका ट्राफिक प्रहरीहरु संग गाडि चालक र अन्यको मिलोमतो होकी  भन्ने आफुलाई लागेको बताउनु भएको छ । जुम्ला जान नदिएपछि कालीकोटको मान्ममा ५वटा  सामान सहित गाडि र यात्रुहरु अलपत्र परेका छन .

1 comment: