मनिका बोहराकालीकोट
१०चैत्र÷पछिल्लो समयमा कालीकोट जिल्लाका दुर्गम ग्रामिण इलाकामा ग्यास प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।
विशेष गरी दाउराका लागि समस्या आउने गरेको रास्कोट क्षेत्रका मेहलमुडि,सिप्खाना,स्युना,फुकोट लगाएतका साथै दुई दिनको यात्रा लाग्ने राम्नाकोट,थिर्पु लगाएतका गाविसमा पनि ग्यास प्रयोग गर्ने क्रम बढेको हो । पहिला गांउमा सहजताका लागि कर्मचारीहरुले फाट्टफुट्ट रुपमा प्रयोग गरेको देखिने एल पि ग्यासको प्रयोग अहिले बढ्दै गएको छ ।विद्युत संचालनमा आएको समयमा हिटर प्रयोग गर्ने गरेका कर्मचारीहरुले विद्युत बन्द भएपछि ग्यास प्रयोग गर्न थालेका छन । ग्यास प्रयोग गर्न समस्या आउने गरेको भएपनि सजिलोका लागि उपभोक्ताले महंगोमा प्रयोग गर्ने गरेका छन । गांउबाट ग्यास भर्नका लागि दुई देखि तीन दिन लगाएर मात्र होइन महंगो रकम तिरेर भए पनि स्वस्थ्यका लागि फाईदा र छिटो छरितोका लागि ग्यास प्रयोग गर्ने गरेको स्युनामा होटल व्यवसाय गर्दै आएका स्थानिय होटल व्यावसायि सिंहराज शाहीको भनाइ रहेको छ । उनका अनुसार होटलमा नास्ता र खाना पकाउनका लागि छिटो हुने भएकाले ग्यासका प्रयोग आफुहरुलाई सहज भएको बताएका छन । शाहीका अनुसार ग्यास भर्नका लागि सदरमुकाम मान्ममा आउनु पर्ने र दुई हजारमा भर्ने रकम लाग्ने र ढुवानि १५ सय देखि दुई हजार रकम लाग्ने भएकाले गांउमा एउटा ग्यासका लागि चार हजार देखि ४५ सय सम्म पर्ने गरेको बताइएको छ । ग्यास भर्नका लागि सस्तो भएको खण्डमा कालीकोटका ग्रामिण इलाकामा ग्यास प्रयोग गर्नेको संख्यामा बृद्धि हुने बताइएको छ । स्थानिय वासिका अनुसार रित्तो ग्यासका लागि पांच सय देखि एक हजार सम्म ढुवानि लाग्ने र भरेको ग्यासको ढुवानि एक हजार देखि १५ सय सम्म लिने गरेको बताइएको छ । जिल्लामा ग्यासका विभिन्न डिलर भए पनि विभिन्न कारणले समयमा उपलब्ध गराउन नसक्ने र गराए पनि भर्नका लागि मात्र दुई हजार रकम पर्ने गरेको छ । स्थानिय उपभोक्ता, ग्यास व्यवसायि र प्रशासनमा बसेको छलफल तथा निर्णयले प्रति सिलिण्डर एक हजार नौ सय पचास कायम गर्ने भने पनि निर्णय भएको एक महिना पछि त्यो निति विपरित ग्यास विक्रि हुने गरेको हो । कालीकोटमा मनकामना,रेडियन्ट,राप्ती र भेरी ग्यास उद्योगका डिलर रहेका छन ।कालीकोटका ग्रामिण इलाकामा स्थानिय उपभोक्ताले सुधारिएको धुंवा रहित चुल्होको प्रयोग समेत गर्ने गरेका छन । जिल्लाका कुमालगांउ र छाप्रे गाविसलाई धुंवा रहित गाविस घोषणा गरी सकेका छन भने अन्य गाविसमा पहल जारी रहेको जिल्ला उर्जा तथा वातावरण शाखा कालीकोटले जनाएको छ ।
No comments:
Post a Comment