Thursday, March 27, 2014

आय आर्जन गर आत्मनिर्भर हौ बाख्रा पालन गर

कालीकोट
१४ चैत्र÷कालीकोट जिल्लाका दुर्गम गांउमा विपन्न वर्ग  तथा पछाडी परेका स्थानियहरुले आय आर्जन गरी आत्मनिर्भर बन्नका लागि विभिन्न निकायले वाख्रा वितरण गर्न कार्यले निरन्तरता पाएको छ ।
 पछिल्लो समयमा महिला तथा दलित बर्गहरुका परिवारहरुको आय आर्जन गरी व्यवसायिक बन्ने उद्देश्यले महिला वाल वालिका कार्यालय,जिविस अन्तरगतको पश्चिमी उच्चपहाडी गरिवि निवारण आयोजना,जिल्ला पशु सेवा कार्यलय,विभिन्न सहकारी तथा गैरसरकारी निकायहरुले अभियान नै थालेका छन । 

कालीकोटका गांउमा विभिन्न निकायको सहयोगको क्रममा  कर्णालि बचत तथा ऋण सहकारी संस्था ले बदालकोट गाविसमा ३० जना महिलाहरुलाई प्रति एक जना महिलाहरुलाई सात हजारका दरले रकम उपलब्ध गराई वाख्रा वितरण  गरेको छ । बदालकोट गाविसका वडा न. ४ वडामा वाख्रा वितरण गरिएको संस्था जनाएको छ । संस्थाका अनुसार जिल्लामा महिला तथा वालवालिका कार्यालयले वर्षेनि महिलाहरुका क्षेत्रमा आय आर्जन देखि क्षमता विकास,सिप विकास लगाएतका क्षेत्रमा काम गर्दै आए पनि वास्तविक दुरदराजका गांउमा पुग्न नसकेको बताइएको छ ।  आ.व. २०६८ देखि २०६९÷०७०को दुई वर्षको प्रति वर्ष एक सय २०का दरले प्रति व्यक्ति पांच हजारका दरले उपलव्ध गर्ने रकम हिनामिना भएको आरोप लगाइएको छ । त्यसलाई महिला वाल वालिका कार्यालयले खर्च भई सकेको जनाएको छ । उता पश्चिमी उच्च पहाडी गरिवि निवारण आयोजना(उपाप)ले दाहां,सिप्खाना लगाएतका गाविसमा वाख्रा वितरण गरेको जनाइएको छ । त्यसै गरी जिल्ला पशु सेवा कार्यालय कालीकोटले एक घर परिवारलाई तीन वटाका दरले वाख्रा पंैचो कार्यक्रम लागु गर्ने जनाएको छ । त्यति मात्र होईन विगत पांच वर्ष अघि देखि कालीकोटमा गरिवि निवारण कोषले आय आर्जनका लागि भन्दै वाख्रा, भेडाका लागि लगानि गरेको थियो । त्यसै गरी जिल्लामा सादा नेपाल गैर सरकारी सस्थाले वन पैरविका नाममा विपन्न वर्गका समुदाय छनौट गरेर फुकोट,बदालकोट राम्नाकोट लगाएतका गाविसमा वाख्रा पालनका लागि प्रति परिवार दस हजार लगानि गरेको छ । जे जति लगानि भए पनि भए पनि कालीकोटमा मासुका लागि जिल्ला बाहिर बाट खसि बोका भित्रिने गरेको मासु व्यवसायी तिल बहादुर शाहीले बताएका छन । व्यवसायि रुपमा बाख्रा तथा भेडा पालन गरेका लाई भन्दा व्यवसाय शुरु नगरेका किसानहरुलाई बाख्रा वितरण गरेर कार्यक्रम मात्र सफल पार्न खोजेको व्यवसायिहरुको गनासो रहेको छ । विभिन्न निकायले गांउ गांउमा अनुदानका कार्यक्रमबाट रकम दिने परम्परा वसेकाले आत्मनिर्भर होइन परनिर्भर हुन थालेको बताइएको छ । पछिल्लो समयमा एक घर एक वाख्रा पालन अनिवार्य नै बनेको छ । जिल्ला सहकारी संघ कालीकोटका अध्यक्ष काशिंचन्द्र बरालका अनुसार गैर सरकारी निकायले गांउमा आत्मनिर्भ हुने बाटो भन्दा पनि संघ संस्थाले दिने छ भनेर आशामा रहेकाले गांउमा विगतमा भन्दा अहिले खेति किसान प्रति वेवास्ता गर्ने प्रचलन बढेको बताउनु हुन्छ । वहांका अनुसार संघ संस्थाले माछा मारेर दिन्छन तर माछा मार्ने सिप दिदैनन त्यसमा सहकारी सस्थाले खान मात्र सिकाउदैन खानका लागि श्रम पनि गर्नु पर्छ भन्ने सन्देश दिदै गएको दावि गर्नु हुन्छ । जिल्लामा विभिन्न क्षेत्रमा काम गर्न करिव पांच सय हाराहारीमा गैर सरकारी निकाय भएको तर दुई दर्जन मात्र कालीकोटमा संस्था सक्रिय रहेको बताइएको छ ।उता जिल्लामा एक सय को हाराहारीमा सहकारी संस्था रहे पनि अधिकांस निष्क्रिय अवस्थामा पुगेका छन । रासस रुपेन्द्र ऐडी

No comments:

Post a Comment