मनिका बोहरा
कालीकोट
चैत्र २३÷ हिमचुलि कृषि सहकारी संस्था लि. शाखा कार्यालय रास्कोटको आयोजनामा फुकोट गाविसको गैरागांउमा दुई दिने व्यवसायिक च्याउ खेति तालिम सम्पन्न भएको छ ।
संस्था द्धारा गठित लघुवित्त समुहहरुका सदस्यहरुलाई आत्मनिर्भर बनाई व्यावसाय गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।लघुवित्त समुहका गैरागांउ हिमचुलि महिला केन्द्र न.३८का ११ जना महिला र तीन जना पुरुसहरुको सहभागितामा तालिम सम्पन्न गरिएको बताइएको छ । तालि
ममा रास्कोट शाखा प्रबन्धक रुपेन्द्र ऐडी र फिल्ड सहयाक पदम विश्वकर्माले सहजिकरण गर्नु भएको बताइएको छ । तालिममा च्याउको महत्व र फाईदाका बारेमा सिप विकासको तालिम दिनुका साथै प्रयोग गर्ने तरिकाका बारेमा अवगत गराईएको छ ।हिमचुलि कृषि सहकारी संस्थाले रास्कोटका फुकोट,स्युना,सिप्खानामा लघुवित्त समुह मार्फत लगानि गरेर लघु व्यवसायबाट आत्मनिर्भरका लागि बचत तथा ऋणको कारोवार गर्दै आएको छ । पछिल्लो समयमा स्युना र फुकोट गाविसमा १७ वटा केन्द्रमा ७० समुहका तीन सय ३३ जना महिला सदस्यहरुमा लघु विमा,लघु वचत र लघु कर्जा मार्फत व्यवसाय गर्दै आएको शाखाले जनाएको छ । हाल सदस्यहरुले लघु कर्जाका माध्यमबाट कुखुरा पालन,वाख्रा पालन तरकारी खेति,च्याउ खेति व्यापार व्यवसाय गर्दै आएका छन । दुर्गम क्षेत्रका ग्रामिण इलाकामा कुनै पनि वित्तिय बैंकहरुले जान नमानेको अवस्थामा कालीकोटका गांउमा पहिलो पटक २०६६ साल देखि लघु वित्त कार्यक्रम अघि बढाएकोमा ग्रामिण लघुवित्त विकास केन्द्र काठमाडौका अनुगमन अधिकृत भरत कमार सिंहले कालीकोटको फुकोटमा गएर हरेक समस्याका बावजुद लघवित्त कार्यक्रम अघि बढाएकोमा धन्यवाद दिएका छन । संस्थाले जिल्लाका दुई क्षेत्र दांहा गाविसको पिलि र रास्कोटको स्युना गाविसमा सेवा केन्द्र विस्तार गरेको छोटो समयमा ठुलो सफलता हांसिल गरेकोमा संस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले खुसि व्याक्त गर्दै जिल्लामा लघुवित्त मार्फत जिवन स्तर उकास्नका लागि हिमचुलि कृषि सहकारी संस्था लागि पर्ने बताउनु भएको छ ।हिमचुलि कृषि सहकारी संस्थाले जिल्लामा गांउघर उज्यालो कार्यक्रम,भान्छाघर सुधार कार्यक्रम,लघवित्त,बचत तथा ऋण र रेमिट्यान्सका साथै कृषि बजारीकरण र सिप विकास तालिम लगाएतका कार्य अघि बढाएको संस्थाका उपाध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।

No comments:
Post a Comment