कालीकोट
२७ चैत्र÷ नेकपा –माओवादीको इतिहांसमा पहलिो पटक गर्न लागेको सम्मेलनको प्रक्रियाको क्रममा कालीकोटका ग्रामिण इलाकामा माओवादी अभियानको थालनि नै गरेको छ पछिल्लो समयमा केन्द्रिय नेताहरु देश दौडाहमा लागेका छन भने कालीकोट जिल्लाका नेताहरु पनि जिल्लाका विभिन्न स्थानमा सम्मेलनमा लागि रहेका छन ।
सोही सिलसिलामा कालीकोटका २७ गाविसमा सम्मेलन सम्पन्न भएको छ ।सोही सिल सिलामा नेकपा –माओवादी बदालकोट राम्नाकोटको प्रथम गांउ सम्मेलन सम्पन्न भएको छ । बदालकोटमा सुर्य बहादुर शाही सेक्रेटरी रहने गरी २३ सदस्य गांउ कमिटिको गठन भएको छ भने राम्नाकोट गाविसमा जस बहादुर ऐडी सेक्रेटरी रहने गरी २१ सदस्य गांउ कमिटिको गठन गरेको बताइएको छ ।उक्त सम्मेलनमा जिल्ला सहइन्चार्ज कर्ण बहादुर भण्डारी विराटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।सम्मेलनमा भण्डारीले पार्टी संगठन सुदृढ गरी जनताका पक्षमा काम गर्ने नेतृत्व निर्माण गरी जनताका पक्षमा लड्ने र जनताको हितमा काम गर्न नेताको जन्म गराउने बताएको छ ।दुई माओवादीको विभाजन पछि युद्धस्तरमा अभियानमा जुटेका माओवादी नेतामा गांउ स्तर देखि तिव्रता आएको छ । कालीकोटमा स्थानिय नेता देखि केन्द्रिय नेताहरु तथा पूर्व सभाषद अनि मन्त्रि समेत भएकाहरु ने क पा –माओवादीमा लागेकाले संगठन आफ्नो वलियो रहेको दावि गरिएको छ भने गएको संविधान सभामा अत्याधिक मत ल्याएर आफुहरुको विजय भएकाले आफुहरु वलियो भएको र पांच हजार सक्रिय कार्यक्रता रहेको दावि ए माओवादीले गरिरहेको छ । सम्मेलन पछि चयन हुने नेतृत्वमा जिल्लामा काम गर्ने र नगर्ने अनि संगठन चलाउनेको विचार हुने देखिन्छ ।सम्मेलनका लागि ने क पा–माओवादीले ग्रामिण इलाका पूर्व मन्त्रि समेत रहेका खडक बहादुर वि कको जन्म स्थान माल्कोटमा गर्न लागेको छ भने ए माओवादीले भने सदरमुकाम मान्ममा गर्न जनाएको छ ।एमाओवादी पहिलो पटक अध्यक्ष प्रणालिमा जांदै छ भने ने क पा–माओवादी सेक्रेटरी प्रणालिलाई निरन्तरता दिदै छ ।
No comments:
Post a Comment