कालीकोट
४वैशाख÷ने क पा–माओवादीको केन्द्रिय सचिव तथा युवा नेता नेत्र विक्रम चन्द “विप्लव”ले पुराना मुद्धा व्युंत्याएर माओवादी संग निहुं खोज्दै कांगे्रसले देशलाई युद्ध तिर धकेल्न खोजेको आरोप लगाउनु भएको छ ।
ने क पा–माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले बाह् वुदें सहमतिमा उल्लेखित बुंदामा संविधानमा जनताका कुरा लेख्ने भन्ने भएको भए पनि कांग्रेस एमालेहरुले अप्ठयारो को समयमा हात मिलाएको तर सहज भएको अवस्थामा पछि हटेको आरोप लगाउनु भएको छ । नेता चन्दले कम्यनिष्टले जनताको अधिकार चाहाने भएकाले जव सम्म शासकहरुले जनतालाई अधिकार नदिदा युद्धको शुरुवात हुने अवस्था सृजना हुने गरेको बताउनु भएको छ । अर्काे प्रशंगमा जनयुद्धका मुद्धा व्यंताएर अघि बढे तत्कालिन जनअदालमा रहेका कांग्रेस एमालेका नेताहरुका नाममा रहेका मुद्धा पनि व्युंँताउने चेतावनि दिनु भएको छ ।त्यस इंगित गर्दै कालीकोटमा कांगे्रस,एमालेका नेताहरुको दुई सय जनाको मुद्धा ब्यँताएर जनअदालमा उभ्याउने बताउनु भएको छ । जनयुद्ध कालमा मध्यपश्चिमको कर्णालिमा कर्मथलो बनाएका नेता चन्दले कालीकोटे जनताले पुन एक पटक जुर्मुराउनु पर्ने अवस्था आएको बताउनु भएको छ । वहांले अर्काे प्रसंगमा पार्टी एकताका लागि सम्भव नभएको बताउनु भएको छ । नेता चन्दले अगाडी भन्नु भयो संचार माध्यममा हावातालमा कुरा गरेर एकता नहुने बताउदै एकताका लागि कार्यनिति र रणनितिका बारेमा एक रुपता हुनु पर्ने बताउनु भएको छ ।कार्यनितिका लागि ए माओवादी कहिले नसचिने बताउनु भएको छ नेता चन्दले प्रचण्डले काम र व्यवहारमा फरक भएकाले विश्वास नभएको बताउनु भएको छ ।सम्मेलनको शुभकामनाका समयमा अर्का नेता एवंम पूर्वमन्त्रि खडक बहादुर विश्वकर्मा जनयुद्धकालको अनुभवलाई स्मरण गर्दै २०४८ सालमा कालीकोटको रेंगिलमा ३५ जनाको उपस्थितिमा पहिलो जिल्ला सम्मेलन गरेको अहिले हजारौं कार्यक्रता जन्माएको मा गर्वको महसुस भएको बताउनु भएको छ । त्यसै गरी सम्मेलनमा पूर्वराज्य मन्त्रि नविन विक लगाएतका नेता तथा सम्पूर्ण राजनैतिक दलका तर्फबाट ए माओवादीका दान बहादुर शाही लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । । कालीकोटको ग्रामिण इलाका माल्कोट जहां जनयुद्धको शुरुवात भएको क्षेत्रलाई महत्व दिई जिल्ला सम्मेलनको आयोजना गरिएको आयोजकले बताएको छ । आयोजकका अनुसार सम्मेलनमा शहिद परिवारलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको छ ।
“जनवाद,राष्ट्रिय स्वाधिनता र जन विद्रोहको तयारी गर्ने जनआन्दोलन । बैचारिक राजनैतिक उच्चता सहितको जुझारु संगठन निर्माणका लागि दोस्रो जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ शुरु भएका सम्मेलनमा जिल्लाका पार्टी कार्यक्रताहरुको उपस्थिति रहेको छ ।सम्मेलनको बन्द शत्रको तेस्रो दिनको बन्द शत्रमा प्यानल प्रस्तुतको अन्तिम तयारी भैरहेको छ । माल्कोटमा शुरु भएको दोस्रो जिल्ला सम्मेलनमा प्रतिवेदन माथि छलफल जारी रहेको र नयां नेतृत्व चयन गर्ने जिल्ला सेक्रेटरी सरोज वोगटी विपिनले बताउनु भएको छ ।
No comments:
Post a Comment