कालीकोट
११ वैशाख÷जिल्लाका विभिन्न इलाकामा सेवा गर्ने उद्देश्यले गांउमा गएर प्रदान गरिएका नागरिकतामा नम्बर नै नहालि प्रदान गरेको भेटिएको छ ।
२०६३ सालमा फुकोट गाविसमा गएको नागरिकता टोलिको नेतृत्व गरी गएका जिल्ल पशुसेवा कार्यालय कालीकोटका तत्कालिन पशुचिकित्सक डा.कल्याण कुमार श्रेष्ठले विना नम्बरको नागरिकता प्रदान गरेको भेटिएको हो । २०२४ साल भाद्र २८ गते जन्मिएकी फुकोट गाविस वडा न. ४ निवासि जर्मा धमालाको नागरिकता लिएको २०६३ सालमा भए पनि ना.प्र. नम्बर नभएको अहिले मात्र थाहा भएको बताइएको छ ।यस अघि नागरिकता त्यति केही चाहिएन त्यसैले नागरिकता नम्बर भए नभएको थाहा भएन अहिले थाहा भएको छ । अव जिल्ला प्रशासन कार्यालयमा आएर सच्याउने जर्मा धमालाले बताइन् । उनका श्रीमान धुव्र उपाध्यायका अनुसार नागरिकता लिने समयमा गांउघरमा मानिसहरुको घुईचो भएका कारण नम्बर आफुले नहेरेका बताएका छन । त्यसै गरी फुकोट ५ की मिठु सहकारीको गत भदौमा प्रदान गरिएको नागरिकतामा समेत नागरिकताको नम्वर कायम नभएको भेटिएको छ ।जिल्ला प्रशासन कार्यालय कालीकोटबाट प्रदान गरिएको नागरिकतामा समेत सो भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी याम बहादुर बुढामगर द्धारा प्रादन गरिएको नागरिकतामा समेत नम्वर कायम नहुनुले जिम्मेवार निकाय जिम्मेवार नभएको देखिएको छ । कालीकोटका ग्रामिण इलाकामा नागरिकता प्रदान गर्ने समयमा उमेर नपुगेका हरुले समेत नागरिकता पाएका छन भने कयांैका उमेर युवा अवस्थाको भए पनि बृद्ध भत्ताका आशाका कारण जन्म मिति समेत बढाएका छन । त्यति मात्र होईन जिल्लाका अधिकांस ठांउका स्थानियले जिल्लामा आएर भए पनि कयांैंले उमेर बढाउने घटाउने गरेका छन । यस अघि जिल्ला प्रशासन कार्यलय बाट प्रदान गरिएका नागरिकतामा ना.प्र. न. समेत डवल परेको भेटिएको थियो भने मान्मका एकै व्यक्तिले पांच पटक सम्म नागरिकता लिएको भेटिएको थियो । अहिले प्रदान गरिएका नागरिकतामा पनि ईस्वि सम्वत हाल्नु पर्ने र अंग्रेजिमा नाम लेख्नु पर्नेमा झन्झटका कारण कर्मचारीले नेपालिमा मात्र लेखेर दिने गरेको स्थानिय सेवाग्राहीले आरोप लगाएका छन भने नागरिकता फांटले भने स्वंयम सेवाग्राहीले फारममा उल्लेख नगराई आउने भएका कारण गलत हुने भएकाले कार्यलयले उल्लेख नगरेको बताइएको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यलय कालीकोटका नागरिकता फांटका दिपेन्द्र चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आएको खण्डमा पुरानो नम्बर हाल्न सकिने बताउनु भएको छ ।प्रविधिको विकास नभएका कारण कालीकोटमा हस्तलिखित नागरिकता प्रदान गरिदै आएको छ ।

No comments:
Post a Comment