कालीकोट
१३ वैशाख÷भनिन्छ देशको कानुन भन्दा गांउको चैन ठुलो हुन्छ । प्रहरीका नजिकै रहेको स्युना ३ मा प्रशासनलाई जानकारी नदीई केही समस्या आएमा आपसि सहमतिमै मिलाउने प्रचलनले निरन्तरता पाउने गरेको छ ।कालीकोटका ग्रामिण इलाकामा ऐनमा जे लेखिए पनि गांउमा आएका समस्याहरु एक आपसमा सहमतिबाट मिला पत्र गरेर टुं¨याउने चलन कायमै रहेको छ ।
१३ वैशाख÷भनिन्छ देशको कानुन भन्दा गांउको चैन ठुलो हुन्छ । प्रहरीका नजिकै रहेको स्युना ३ मा प्रशासनलाई जानकारी नदीई केही समस्या आएमा आपसि सहमतिमै मिलाउने प्रचलनले निरन्तरता पाउने गरेको छ ।कालीकोटका ग्रामिण इलाकामा ऐनमा जे लेखिए पनि गांउमा आएका समस्याहरु एक आपसमा सहमतिबाट मिला पत्र गरेर टुं¨याउने चलन कायमै रहेको छ ।
त्यस्तै भएको छ कालीकोटको स्युना गाविसको वडा न. ३ रानागांउमा ।एक वर्ष अघि मिमसरा शार्की पहिलो विवाह गरेको श्रीमान भारत गए पछि एक वर्ष सम्म माईति घरमा बसेको अवस्थामा मेहलमुडि गाविसमा पोईल गएर एक वच्चा जन्मेर तीन महिना पछि मरेको ५ महिना पांच महिना फेरी माईती घरमा बसेको अवस्थामा भारत गएका अघिल्लो श्रीमान स्युना ७ का जिते शार्की घर फर्किदा आफ्नो पत्नि पोईल किन लगाएको हो भन्दै गांउका भद्रभलाद्मी संग उजुरी गर्दा गांउका ठालुहरुले पोई लगाउन सघाउने दुई पुरुष र एक महिलालाई दस हजार जरिवाना गराएका छन । पोइल लगाउन सघाउने स्युना ३ का व्यांसि शार्कीले चार हजारको एक बोका, अर्का लालविरे शार्कीले तीन हजारको वाख्रा र जना शार्कीले तीन हजार नगद गरी दस हजार जरिवाना गराएका छन । मिमसरालाई जिते शार्कीले पत्नि कायम गरेको बताइएको छ । यो घटना प्रहरी चौकीबाट २५ मिनेट नजिकमा रहेको रानागांउमा भएको हो । स्युनाको आरसिपि वजारमा इलाका प्रहरी चौकी रहेको छ । गांउले ठालुहरुले अर्काकी श्रीमति किन वेचेका भन्दै जरिवाना गराएको र जरिवानाबाट आएको तीन हजार नगद सामुहिक खर्च गरे भने एक वाख्रा गांउले ठालुहरुले काटेर खाएको स्थानिय जसे शार्कीले बताएका छन ।जिल्लाको विभिन्न क्षेत्रमा दोस्रो विवाह गरेको समयमा जारी वापत ५० हजार देखि एक लाख रकम लिने प्रचलन समेत कायम रहेको बताइएको छ ।यो घटना मात्र होईन ठुला ठुला बलत्कार ,हत्या काण्ड लगाएतका घटनाहरु गांउमै ठुलो रकम लगानि गरेर ठालुहरुले मिलाउने प्रचलन कायमै रहेको छ ।सम्बन्ध विच्छेदका घटनाहरुमा पनि धेरै रकम ठालुहरुले खाएर थोरै रकम पिडितलाई दिएर सान्तना दिने गरेको पाइए पनि स्थानिय महिलाहरु अशिक्षाका कारण प्रशासन सम्म पहुंच नपुग्ने भएका कारण समतिमा जे भयो मान्य हुने गरेका स्थानिय महिला अगुवा गोरीकला विकको भनाई रहेको छ । चेतनाको विकास नगराई महिलाहरुको सहजै पहुंच सम्बन्धित निकायमा पुग्न नसक्ने वहांको भनाई रेहको छ । विगत द्धन्द्धकालमा तत्कालिन माओवादी द्धारा गठित जनसत्ता भएको समयमा रोकिएपनि पुन शान्तिकालमा शुरु भएका छन ।
ho ta ni
ReplyDelete