कालीकोट
१४ बैशाख÷सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत दाहां गाविसको मौलाकाटियामा ट्रक दुर्घटना हुंदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ ।
ना ४ ख ४६६४ नम्बरको ट्रक जुम्लाबाट सुर्खेत जांदै गरेको अवस्थामा दुर्घटनामा परि सल्यान जिल्ला घर भएका २३ वर्षिया ट्रक चालक भागिराम डांगि र कैलाली बौनिया घर भएका १८ वर्षिया सहचालकगोपाल सांउदको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटना स्थलमा ट्रक एक हजार मिटर तल खसेको बताइएको छ । मृतक दुवै जनाको सव जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ ।कर्णालि राजमार्ग अन्तर गत पर्ने सुर्खेत जुम्ला सडक खण्डको स्तर उन्नति नभएका कारण वर्षेनि कयांैको मृत्यु हुने गरेको छ ।
No comments:
Post a Comment