कालीकोट
बैशाख १७÷पुरातन सोचाईका कारण कालीकोटका ग्रामिण क्षेत्रमा छोरीलाइ सन्तानको रुपमा हेर्ने दृष्टिकोणमा भिन्नता भएकाले छोराको आशामा सन्तान जन्माउने क्रम बढ्दै जानेको गरेको छ ।
नौ छोरीको जन्म दिएकी लालपुरा टमट्टा वर्षले अहिले ४० मात्र भएकी छन । १६ वर्षको उमेरमा बुवाले मागि विवाह गराएर विवाह बन्धनमा बांधिएकी फुकोट ९ बांखरकोटकी लालपुराका एक वर्षको अन्तरमा बच्चा जन्मिएको बताएकी छन । छोराका आशामा उनले ४० वर्ष भित्र ११ सन्तान जन्माइन् । दुई छोरी जेठी र कान्छिको जन्मदा जन्मदै मृत्यु भएको भएपनि उनका अहिले सात वटा छोरी,दुई छोरा गरी नौ सन्तान रहेका छन । आम्दानिको श्रोत केही नभएका कारण पारीवारिक रुपमा समस्या आउने गरे पनि जेनतेन समस्या समाधान गर्न धौ धौ पर्ने गरेको बताइएको छ । घरको पारीवारिक समस्या समाधानका लागि लालपुराका श्रीमान देवि टमट्टा वर्षनि भारत जाने गरेका छन । भारतमा गएर घरपरिवारलाई लत्ताकपडा ल्याउदै ठिक्क हुने गरेका र घरको कमाईले खाना समेत समस्या आउने गरे पनि सात वटी छोरीलाई पढाउन लगाएको लालपुराले बताएकी छन । जेठि छोरी दक्षिणा अहिले कक्षा सातमा अध्यायन गर्दै आएकी छन । गांउका विद्यालयमा त्यति धेरै खर्च नहुने बरु उल्टै छात्राबृति मिल्ने भएकाले पढाउनका लागि समस्या नआउने गरेको लालपुराको भनाई रहेको छ ।उनका अनुसार घरको सानो तिनो कामको पनि सघाउ पुग्ने र पढाई पनि भैरहने भएकाले त्यति कठिनाई नहुने र भोलिका दिनमा छोरीको जन्म भएपनि पराई घरमा जाने भएकाले अहिले दुःख भए पनि भोलि दुई छोरा मात्र भएकाले सुखको आशा लिएको उनको भनाई रहेको छ । उनले त्यति मात्र होईन छोरा साना भएकाले अझै अन्य सन्तान जन्माउने सोचमा आफु रहेको उनको वुझाई रहेको छ । ग्रामिण इलाकामा जनचेतनाका अभावका कारण सन्तान रहरले नभई बाध्यताले जन्माउने गरेको स्वास्थ्य कर्मिको भनाई रहेको छ । जति सम्झाउदा पनि व्यवहारमा परिवर्तन नहुंदा स्थानिय ग्रामिण वासिन्दाहरुमा सकरात्मक सोच नपलाउदा सम्म छोरा र छोरी प्रति हेर्ने दृष्टिकोणमा फरक हुने गरेको पाइन्न् । तर सोही वांखरकोट गांउकी ४१ वर्षिया गौरा लुवार भने छोरीको आशामा छ छोरा जन्माउन पुगेको बताएकी छन । उनले आफ्ना श्रीमान मन्दिर लुवारका समेत बहिनि नभएको र आफ्नो कोखबाट पनि छोरी जन्मिने आशामा छ छोरा भए दुई छोराको मृत्यु भयो तर छोरा नजन्मिदा दुःख लागेको बताएका छन । उनका दुई छोरा पांच कक्षा सम्मको अध्यायन गरेर विचमै भारत गएर पढाई विग्रेको बताएका छन । गौराका श्रीमान मन्दिर लुवारले दुई छोराको पढाई विग्रे पनि चार छोरा मध्ये दुई छोरालाई जसरी भए पनि उच्च शिक्षा पढाएरै छाड्ने अठोट लिएका छन ।
No comments:
Post a Comment