बैशाख २४
काठमाडौं : राजधानीको कलंकीमा एक किशोरीमाथि बसभित्रै बलात्कार प्रयास भएको छ। सोमबार चितवन हिँडेकी १६ वर्षीया किशोरीलाई राति १० बजे बसका चालक र सहचालकले बलात्कार प्रयास गरेका थिए।
काठमाडौं : राजधानीको कलंकीमा एक किशोरीमाथि बसभित्रै बलात्कार प्रयास भएको छ। सोमबार चितवन हिँडेकी १६ वर्षीया किशोरीलाई राति १० बजे बसका चालक र सहचालकले बलात्कार प्रयास गरेका थिए।
प्रहरीका अनुसार बा २ ख ९०६१ नम्बरको बसका
चालक दोलखा भेदपुरका नवीन थापा र सहचालक नुवाकोट मदनपुरका सुमन लामाले
किशोरीलाई 'आज जान भ्याइँदैन, आफन्तकोमा पु:याइदिन्छौं' भन्दै बसमा चढाएका
थिए।
कलंकीमा ट्याक्सीबाट झरेकी ती किशोरी बस
चढेको देखेपछि कलंकीमा पार्क गरिरहेका ट्याक्सीचालकले पिछा गरेका थिए।
मकालु पेट्रोल पम्पबाट बसमा चढेकी किशोरीलाई बसका चालक र सहचाकले कलंकीकै
सत्यसाई पेट्रोल पम्प नजिक बलात्कार प्रयास गरेको अवस्थामा ट्याक्सीचालक
तथा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी
निरीक्षक दक्षकुमार बस्नेतका अनुसार किशोरी बसभित्रै चिच्याएपछि स्थानीय
बासिन्दाले बसको सिसा फोरेर किशोरीको उद्धार गरेका थिए। बसका चालक थापा र
सहचालक लामालाई प्रहरीको जिम्मा लगाइएको छ।
किशोरीको बयान उद्धत गर्दै निरीक्षक
बस्नेतले भने, 'यति राति बस पाँइदैन, आफन्तकोमा पु:याउँछु भन्दै शरीरका
संवेदनशील अंग चलाउन थालेपछि म चिच्याएँ, स्थानीय र ट्याक्सी चालकले आएर
बचाए।'
ती किशोरीले पाँच महिनादेखि आफू घरेलु
कामदारका रूपमा रहँदै आएको बताएकी छिन्। 'काम गर्ने घरमा घरबेटीले पनि
दुव्र्यवहार गरेपछि भागेर घर (चितवन) जान हिँडेकी थिएँ', किशोरीलाई उद्धत
गर्दै बस्नेतले भने।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि
काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योग मुद्दाको अभियोग दर्ता
गरिएको छ। प्रहरीले किशोरीलाई सिबिन नेपालको जिम्मा लगाएको छ।
No comments:
Post a Comment