Monday, May 5, 2014

पत्रकार महासंघमा डा. विष्ट

दुर्गा काप्ले
बैशाख २२ , काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् ।
   विजयी भएका बिष्टले ८ सय ८ मत ल्याए भने उनका प्रतिद्वन्द्वी पोषण केसीले ७ सय ४ मत ल्याए । उपाध्यक्षमा युनियनकी अनिता बिन्दू बिजयी भएकी छन् । सम्पूर्ण पदाधिकारी भने प्रगतिशील पत्रकारहरूको प्यानलका उम्मेद्वारहरू विजयी  भएका छन् । अर्का उपाध्यक्षमा प्रगतिशीलका उम्मेदवार खिलबहादुर भण्डारीले प्रतिद्दन्द्वी रामजी दाहाललार्इ १० मतको  अन्तरले पराजित गरेका छन् । भण्डारीले ६ सय २६ मत ल्याए भने दाहालले ७ सय १६ मत ल्याएका थिए ।

 त्यस्तै प्रगतिशीलका सचिव प्रभात चलाउने पनि ९ मतको अन्तरले मात्र विजयी भएका छन् । अध्यक्षको मतान्तर भने झण्डै सयको हाराहारीमा छ । महासचिवमा प्रगतिशीलकै उजीर विजयी भएका छन् । सचिवमा प्रगतिशीलकी संगीता खड्का विजयी भइन् ।  पदाधिकारीमा विन्दुबाहेक सबैमा प्रगितशील पक्षले जितेका छन् ।
प्राप्त नतिजाअनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जितेका छन् । वाग्लेको ८७ र सिलवालको ७७ मत आएको छ । उनीहरूका प्रतिद्वन्दीले ५३ र ५१ मत पाएका छन् ।
पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् । पोखरेलको १०१ र लम्सालको ८४ मत आएको छ ।
मध्यमाञ्चलमा प्रगतिशील समूहका चीरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन् । मास्केले ९२ र महतोले १०३ मत पाएका छन् ।
पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन् । गौतमले ११९ र भट्टले १०८ मत पाएका छन् ।
कर्णालीमा  प्रगतिशील प्यानलका नवराज महताराले २७ मत ल्याएर जितेका छन् भने सुदुरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन् । शाहको ५४ र पन्तको ५२ मत आएको छ ।
एशोसिएटतर्फ युनियनका उम्मे्वार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज आचार्य र रोशन पुरी विजयी भएका छन् । आचार्यको १४२ र पुरीको ११४ मत आएको छ । प्रतिद्वन्दी युनियनका भूपेन्द्र आचार्यको ५८ र नारायण अर्यालको १ सय मत मात्र आएको छ ।

No comments:

Post a Comment