मनिका बोहरा
कालीकोट
७ भाद्र÷जिल्ला सदरमुकाममाको सिमानामा पर्ने एक स्वस्थ्य संस्थामा खाने पानिको अभावमा विरामी मात्र होईनन् कार्यालयका कर्मचारीहरुलाई समस्या आएको छ ।
कालीकोट
७ भाद्र÷जिल्ला सदरमुकाममाको सिमानामा पर्ने एक स्वस्थ्य संस्थामा खाने पानिको अभावमा विरामी मात्र होईनन् कार्यालयका कर्मचारीहरुलाई समस्या आएको छ ।
जिल्लाको बदालकोटगाविसमा रहेको उप स्वस्थ्य चौकी सिकुमा विगत दुई वर्ष देखि खाने पानिको समस्या भएको हो । त्यहां कार्यारत कर्मचारीहरुले पटक पटक पहल गर्दा पनि कुनै पनि निकायले ध्यान नदिएका कारण समस्या आएको हो । उप स्वस्थ्य चौकी बदालकोटका प्रमुख जन्मऋषि न्यौपानेले भने गाविस लगाएत जिल्ला स्तरमा समस्या दर्शाएको भए पनि वेवास्ता भएको उनको ठम्याई छ । आफु आएको एक वर्ष सम्म पनि स्वस्थ्य संस्थाको अवस्थामा स्थानियहरुले समेत ध्यान नदिएको उनको गुनासो रहेको छ । त्यति मात्र होईन छाना समेत चुहिने भए पछि अहिले विरामी आएको समयमा वर्षा हुंदा उपचार गर्न समेत कठिनाई हुने गरेको बताए ।
स्वास्थ्य संस्थामा एक ग्रामिण स्वस्थ्य कार्यक्रता, अ न मि र सहयोगि गांउ विकास समितिको सहयोगमा राखिएका छन भने र एक जना अहेव नेपाल सरकारले पठाएको गरी कार्यरत चार जना कर्मचारीहरुले खाने पानि आवश्याक भएमा घरबाट लिएर जानु पर्ने र त्यही पानि विरामीलाई औषधि खांदा प्रयोग हुने भएकाले आफुहरु विहान १० वजे देखि वेलुका चार वज्दा सम्म पानि नखाएर ड्युटि पुरा गर्नु परेको अनमी सुर्जा शाहीले बताइन् । उनले भनिन स्वस्थ्य संस्थाको हरिविजोग भएको भए पनि कर्मचारीको जिम्मा हो भन्ने बुझाई अभिभावकमा रहेको बताउदै अवको एक महिना भित्र मर्मत नभएमा हेल्थपोष्ट उपचार गर्न नसकिने ठांउ हुने छ । पानिको अभावमा निर्माण गरिएका चर्पि समेत प्रयोग विहिन अवस्थामा रहेको बताइएको छ ।
गांउ भन्दा करिव एक किलोमिटर टाढा रहेको उपस्वस्थ्य चौकीमा अहिले प्रसुतिर्गहको समेत व्यवस्था भएकाले झनै समस्या आउने गरेको छ । सुत्ेकेरी हुंदा सफा गर्ने पानि छैन । समस्या भएको अनमी शाहीको भनाई रहेका छ । यस अघि डिप्रोस नेपाल एक गैरसरकारी संस्थाको सहयोगमा नौ वर्ष वर्ष अघि निर्माण गरिएको पांच कोठाको भवन जिर्ण अवस्थामा रहेको स्वस्थ्य व्यवस्थापन समितिका सदस्य गोकुल खड्काले बताएका छन । उनले भने सहयोग गर्ने निकाय संग पहल गरेर स्वस्थ्य संस्थ्याको छाना मर्मत गर्न आफु लागि पर्ने बताएका छन ।
No comments:
Post a Comment