५ भदौ,
चितवन । प्रेस
चौतारी नेपालले गोरखापत्र र
राष्ट्रिय समाचार समितिबाट निकालिएका पत्रकारलाई तत्काल
पुर्नबहाली गर्न माग गरेको
छ ।
बुधबार बसेको
चौतारी केन्द्रीय समितिको आकष्मिकबैठकले पूर्वाग्रह राखेर
बर्खास्त गर्ने तथा म्याद
नथप्नेसरकारी कदमको बिरोध गर्दै
बर्खास्त पत्रकारलार्इ पुनर्बहाली गर्न र म्याद
नथपिएकाको तत्काल म्यादथप्न सम्बन्धित पक्षसमक्ष माग
गरेको हो ।
मागको वेवास्ता गरिए
चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय समेत
चौतारीले गरेको सचिव राजेश
रार्इले जानकारी दिए । चौतारीले रेडियो
नेपालमा आन्दोलन सञ्चारकर्मीहरुको
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्बन्धित निकायलाई माग पूरागरी समस्या
समधान गर्न पनि
आग्रह गरेको छ
।
यसैगरी नयाँ
संविधान बनाउन दबाब सृजना
गर्न चौतारीले अभियान
थाल्ने भएको छ
। चौतारीले अविरल
वर्षापछि आएको बाढीपहिरोबाट बिपत्तिमापरेकालाई सहयोग
गर्न चौतारी र
मातहतका कमिटीले राहतसंकलन गर्ने निर्णयसमेत गरिएको
महासचिव माधव नेपालले जानकारी दिए
।
No comments:
Post a Comment