Friday, September 12, 2014

सप्ताह व्यापि रास्कोटका मेला सम्पन्न


विस लाख बरावरको कारोवार
रुपेन्द्र ऐडी
कालीकोट
२७ भाद्र/जिल्लाको रास्कोट क्षेत्रको चर्चित एवंम भव्य रुपमा लाग्दै आएको स्थानिय सप्ताह व्यापि धार्मिक मेला हजारौं भक्तालुजनको उपस्थितिमा विहवार सम्पन्न भएका छन ।

     जिल्लाको पश्चिम क्षेत्रमा पर्ने रास्कोटका सिप्खाना र स्युना गाविसमा पर्ने सवै भन्दा भव्य रुपमा वर्षेनि लाग्दै आएका मेला यस वर्ष भाद्रमा परे पछि शान्तिपूर्ण वातावरणमा बिहवार सम्पन्न भएका हुन । परम्परागत रुपमा मानिदै आएका मेलामा जिल्ला भित्रका भन्दा पनि छिमेकी जिल्ला वाजुरा,अछाम,दैलेख, जुम्ला र मुगुबाट मेला भर्न आउने गर्दछन । स्थानिय रुपमा मेलामा धामीझांक्रिले घण्टका राला(फलाम)अनि हातमा चामल बाट तिलक निकाल्ने गर्ने गरेका छन । यस वर्ष पनि धामीहरुले सिमनाथ मेलामा धामीले सादा चामलमा तिलक निकाले पछि झनै चर्चामा आएको स्थानिय भक्तालुजन जंग खड्काले बताएका छन ।उनका अनुसार प्रत्येक वर्ष मेला हेर्न नछुटाएको बताउदै जिल्लाको सवै मेला भन्दा यस मेलाबाट ठुलो जात्रा भित्रीने र व्यापार व्यवसाय समेत बढ्ने गरेको उनको बुझाई रहेको छ ।
    कालीकोटको जुविथा गाविसको गाल्जेमा दस वर्षको एक पटक लाग्ने मेला पछिको सवै भन्दा ठुलो मेला रास्कोटमा लाग्ने गरेको र यस बाट आफुहरुले ब्यापार व्यवसाय बाट लाखौं रकम आर्जन गर्ने गरेको स्युनाका स्थानिय व्यापारी दन्त तिरुवाले बताएका छन लगातार सात दिन भन्दा बढि मेला शुरु भए पछि व्यापार बाट राम्रो आम्दानि भएको उनले बताएका छन । स्थानिय व्यापारी सिंहराज शाहीका अनुसार मेलामा आफुले गरेको होटल व्यवसाय र सामान विक्रिबाट एक लाख बढि कारोवार भएको बताएका छन । सो मेलामा रास्कोटका व्यापारीहरुले मेलाको अन्तिम दिनमा विस लाख भन्दा बढिको कारोवार भएको र स्थानिय उत्पादनले समेत वजार पाएको स्वस्थ्यकर्मि स्युनाका धनबहादुर फडेराले बताए ।उनका अनुसार मेलामा सामान्य व्यापारीले न्यनतम ४० हजार कमाई गरेको बताएका छन । स्थानिय सांस्कृतिक धार्मिक जर्गेनाका लागि कालीकोटका कलाकारहरुले सिमनाथ नामक देउडा गित समेत बजारमा ल्याएका छन । मेलामा धामीझाक्रिको नाच भन्दा पनि स्थानिय लोक देउडा(न्याउले) खेलले बढि महत्व पाउने गरेको छ ।रास्कोटको मेलामा सवै भन्दा बढि न्याउले खेलाडी नेत्रराज शाही चर्चामा रहे ।
      जिल्लाको सांस्कृतिक जगेर्ना र मनोरञ्जनका लागि पनि देउडाखेलको महत्व रहेको स्थानियको भनाई रहेको छ ।  कालीकोटका ग्रामिण भेकमा साउने संक्रान्ति देखि स साना मेला तथा पर्वहरु शुरु हुने गरेकाले खेतिपाति लगाईसके पछि आराम गर्ने समयमा मेलाले भरपुर मनोरञ्न दिने गरेको स्थानियको बुझाई रहेको छ । मेला बाट व्यापार व्यवसायमा आम्दानि र टाढाका आफन्तजनहरु संगको लामो समय पछिको भेटघाटले राम्रो भए पनि मेलाको नाममा घरको जग्गा जमिन विक्रि गरेर फजुल खर्च गर्ने यसको नकरात्मक पक्ष भएको बुढापाकाहरुको बझाई रहेको छ । स्युना सातका स्थानिय वृद्ध मानसिंगे शार्कीका अनुसार पहिलेका मेलामा जांड रक्सि नहुने र शान्त पुर्वक ध्यान ज्ञानका साथ पुजापाठ हुने र मेला हेर्न पाउने बातावरण भए पनि पछिल्लो चरणमा मेलामा विथिति हुने गरेका कारण आफुहरु मेलामा नआएको तीन वर्ष जति भएको बताए । पछिल्लो समयमा मदिरा प्रयोगमा बृद्धि भएका कारण मेला पर्वमा होहल्ला हुने र काटमार मात्र बढ्ने भएकाले स्थानिय महिला र वालवच्चाहरुको असुरक्षा हुने गरेको उनको बुझाई छ ।कालीकोटमा स्थानिय मेला पर्वहरु शुरु भए पछि बाह्य तथा आन्तरीक पर्यटक भित्रिनुले जिल्लाको पहिचान स्थापित हुने गरेको स्थानिय विकास कोष द्धारा संचालित गरिवि निवारणका बदालकोटका फिल्ड परिचालक चक्र बहादुर खड्काले बताए । उनका अनुसार कालीकोट जिल्लामा रहेको पर्यटकिय तथा धार्मिक क्षेत्रहरुलाइ जिल्ला स्थापित गराएर लैजाने हो र निरन्तरता दिने हो भने आम्दानिका श्रोतहरु खुला हुने भएकाले कालीकोट जिल्लाको गरिवि निवारणमा थप टेवा मिल्ने बताए । 

No comments:

Post a Comment