रुपेन्द्र ऐडी
कालीकोट
असोज १२गते/तिन तर्फ खेतवारीले ढाकिनुका साथै दक्षिण तर्फ घट्टे खोलाको किनार देखिने वनमा खरले छाएको सानो कटेरोमा ७७ वर्षिया एक दलित बृद्ध ३५ वर्ष देखि घरपरिवार भन्दा अलग्गै बस्दै आएका छन ।
कृष्ठरोग प्रति समाजले घृणाका दृष्टिले हेर्ने चलनका कारण बदालकोट ६ दलितटोलका ७७ वर्षिया धनसुरे घरपरिवार भन्दा एक छुट्टै कटेरोमा विगत ३५ वर्ष देखि बास बस्दै आउनु परेको हो । ३५ वर्षको उमेरमा कृष्ठरोगको लक्षण देखिए पछि भारतको नैनितालबाट उपचार शुरु गरेका तिरुवाले पटक पटक उपचार गर्दँ पूर्ण निको नहुंदा हात खुट्टामा समस्या देखा परे पछि अशक्त हुन परेको उनको भनाई रहेको छ । भारतमा मात्र होईन नेपालमा आएर उपचार गर्नुका साथै उनलाई पुराने पुर्खाका कारण देवता लागेर रोग लागेको बताएका छन । उनले भने आफ्नो मावलि घरको देवता पुकारेका कारण माईजुको समेत कृष्ठरोग लागेर मृत्यु भएको र सो देवतालाई पुजेर अरु घर परिवारमा नदेखिए पनि आफुमा देखिएको बताएका छन । त्यति मात्र होईन उनलाई मान्मको धैनडि देवताले गर्दँ आफुमा सो रोगले जरा गाडेकोे बुझाईमा रहेको छ ।
१९९४ साल कार्तिक ६ गते जन्मिएका तिरुवाको परिवार चैति तिरुवा २० वर्ष अघि दमका कारण मृत्यु भएको समय देखि छोराले आवश्याक पर्ने खाद्यन्न उपलव्ध गराउने भए पनि आफै खाना बनाउदै आएको बताएका छन । पहिले घरका गाई बाख्रा हेर्नेमा सहयोग गर्ने गरेको बताए पनि अहिले आंखा देख्न र हिंडडुल गर्न समस्या परे पछि कटेरो भित्र वास बस्नु परेको छ । आफ्ना समस्याका बारेमा हेरचाह तथा ध्यान दिने कोही नभएको बताउने तिरुवा कटेरो भित्र बाहिर गर्नमा समेत कठिनाई हुने गरेका बताए । बुढो उमेरमा नाति नातिनि हेरेर घरमा रमाउने समयमा किन जंगलमा बास भन्दा घरका अन्य परिवारलाई आफुलाई लागेको रोग सर्ने आशंकाका कारण आफु छुट्टै कटेरोमा बस्नु परेको उनले बताए । नजिकै रहेको उपस्वास्थ्य चौकी बदालकोटका प्रमुख जन्मऋषि न्यौपानेले आफुले जिल्ला स्वस्थ्या कार्यालय कालीकोटमा विरामी बृद्धलाई व्यवस्थापनका लागि पहल गरेको भए पनि बृद्धले मर्ने वेलामा आफ्नै घरमा मर्छु कतै नजाने बताए पछि आफ्नो केही नलागेको बताएका छन । प्रमुख न्यौपानेले भने कृष्ठरोगका बारेमा पोजेटिभ र नेगेटिभ के छ स्वस्थ्य परिक्षण गरी पत्ता लागई घर परिवारमा संगै बसाल्ने बातावरणका लागि पहल गरेको समेत बताएका छन ।
रोग सर्छ भनेर भनेर कटेरोमा आफुले बुवालाई आफुले छट्टै नराखेको तर आफ्नै जिद्धीका कारण कटेरोमा बास भएको उनका छोरो नौले तिरुवाले बताएका छन । नौलेका अनुसार रोग प्रति भेदभाव नगरेको बुवाको बानि नै घर परिवारमा नमिल्ने भएको उनको भनाई रहेको छ । विरामी परेका धनसुरे तिरुवाले आफुले जस्तै पिडा अरुहरुमा कहिले पनि नआउने वातावरणका साथै सरकारले छुट्टै व्यवस्था गरेको भए राम्रो हुने बताएका छन । उनले अहिले सम्म बृद्ध भत्ता बाहेक अन्य कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरेका छन । ग्रामिण क्षेत्रमा कृष्ठरोग लुकाउने परम्पराका कारण रोग बृद्धि हुंदै गएको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका कृष्ठरोग फोकलपर्सन भानुभक्त संज्यालले अहिले कालीकोट जिल्ला अस्पतालको सम्पर्कमा तीन जना मात्र कृष्ठरोगका विरामी रहेको र तिनै जनाले औषधि जारी रहेको बताएका छन । उनका अनुसार सर्ने रोगका विरामी तिनै जना रहेको बताउदै कृष्ठरोग न्यनिकरणका लागि जनचेतना मुलक कार्याक्रम शूरु गरेको बताइएको छ ।
No comments:
Post a Comment