कालीकोट
मनिका बोहरा
असोज ३०/हिमचुलि कृषि सहकारी संस्था लि.मान्म ५ कालीकोटको छैंटौ वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

मंगलबार उद्घाटन भएको वार्षिक साधारण सभामा जिल्ला कृषि विकास कार्यलय कालीकोटका वरिष्ठ कृषि विकास कार्यालयका प्रमुख वांश शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा निमित्त स्थानिय विकास अधिकारी दुर्गा प्रसाद चालिसेको विशेष आतिथ्यतामा शुरु भएको कार्यक्रममा राजनैतिक दल,विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।मन्तव्य का क्रममा विशेष अतिथि दुर्गा प्रसाद चालिसेले सहकारी माध्यम एक छुट्टै सरकार भएकाले यसका माध्यमबाट समाज परिवर्तन गर्न सम्भव हुने बताउदै सहकारी दर्ताका लागि झन्झटिलो हुने भएकाले जिल्लामा सहकारी डिभिजन कार्यालय स्थापनामा जोड दिनु भएको थियो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि बाशु शर्मा पोख्रेले सहकारी संस्थाले सदस्यहको हितको निम्ति उदाहरणिय काम गर्नु पर्ने बताउनु भएको छ । वहांले थप्दै भन्नु भयो सहकारी संस्था विश्वमा जसरी बढेका छन त्यसरी चुनौति पनि रहेकाले जनशक्तिमा भर पर्न बताउनु भएको छ । साथै साधारण सभामा संस्थाका अध्यक्ष काशिचन्द बरालले प्रगतिका साथै आगामि कार्यक्रम प्रतिवेदन प्रस्तुत संस्थाले गरेका प्रगति प्रतिवेदन,लेखापरिक्षण लगाएतका प्रतिवेदनहरु पेश गर्नु भएको थियो । कार्यक्रमको बन्द शत्रमा आगामी कार्यक्रम,संस्थाका राम्रा तथा नराम्रा कामको समिक्षा सहित कार्यसमिति हेरफेर भएको छ । जस्मा संस्थाका पूर्व अध्यक्ष काशिचन्द बरालको नेतृत्वमा एघार सदस्य कार्यसमिति चयन भएको छ ।जस्मा उपाध्यक्ष,सचिव,कोषाध्याक्ष,सदस्यहरु क्रमश काली बहादुर महतारा,भिम प्रसाद बराल,देवनारायाण संज्याल,देवसिंह विक,रतन बहादुर शाही,रमिता आर्चाय,मन्नसरा न्यौपाने,चन्द्र बहादुर विष्ट,पदम सिंह लगाएतका सदस्यहरु रहेका छन ।त्यसै गरी लेखा समिति संयोजक वल वहादुर बुढा,सदस्यहरु पौरख विक र विशाखर जैसि चयन भएका छन भने सल्लाहकारमा एटम विसि संयोजक,सदस्यहरु धनजित शाही,कटक महत, देवका पुन र सर्प राज सिंह चयन भएको संस्थाका उपाध्याक्ष काली बहादुर महताराले बताउनु भएको छ ।वहांका अनुसार साधारण सभामा जिल्लाको उत्कृष्ट केन्द्र महादेव हिमचुलि महिला केन्द्र मान्म, शाखा मान्मको धलपुरा हिमचुलि महिला केन्द्र मान्म ५ कोर्एराल गांउ,रास्कोट शाखाका उत्कृष्ट केन्द्र पिपल चौतारी हिमचुलि महिला केन्द्र शान्तिघाट, पिलि शाखाको समाज सुधार हिमचुलि महिला केन्द्र पिलिलाई नगद सहित सम्मान पत्र दिइएको छ ।त्यसै गरी रास्कोटको उत्कृष्ट केन्द्र पमुख मलायागिरी हिमचुलि महिला केन्द्र फुकोट ७ की दुर्गा न्यौपाने, सफल बचत तथा ऋणी फुकोटका नविन वमलाई सम्मान गरिएको हो ।त्यसै गरी पिलिका राई बहादुर मल्ल,मान्म वजारकी सरिता गिरीलाई समेत सम्मान गरिएको हो ।संस्थाका हाल ४हजार आठ सय पैचालिस जना शेयर सदस्य रहेका छन ।
अहिले शेयर २३ लाख एक हजार छ सय छैछट्टि रुपैया रहेको छ भने ७२ लाख ८९ हजार छ सय उन्नपचास रुपैया बचत रहेको बताइएको छ ।संस्थाले हाल एक करोड ११ लाख,चालिस हजार पांच सय चार ऋण लगानि गरेको छ । आर्थिक वर्ष २०७०÷०७१मा संस्थाले कुल १४ करोड ५१ लाख चौध हजार सात सय तेह् रुपैयाको कारोवार गरेको संस्थाका कार्यकारी प्रमुख भिम प्र.बरालले बताउनु भएको छ । वहांका अनुसार आइएमई को कारोवार भने २३करोड ५० लाखको कारोवार भएको समेत जानकारी दिनु भएको छ । संस्थाका तीन वटा शाखा स्थापना भएका छन भने संस्थाले बचत तथा ऋण, लघुवित्त कार्यक्रम, रेमिटयान्स, सौर्य उर्जा, कृषि बजारीकरण, स्वरोजगार लगाएतका कार्यक्रम गरेको बताईएको छ ।संस्थाले आगामी योजनामा साना जलविद्युत स्थानिय वस्तु उत्पादन र बजारीकरणका लागि जिल्लामा कोशेलि घर स्थापनालाई जोड दिने बताइएको छ ।त्यसै गरी कर्षि संग सम्बन्धित फलफुल,तरकारी,विउ विजनमा जोड दिने संस्थाका अध्यक्ष काशिचन्द्र बरालले बताउृनु भएको छ । संस्थाले यस अघि जुम्ला बाट कर्णालि अञ्चलको सफल सहकारी पुरुस्कार प्राप्त गरेको छ भने उत्कृष्ट राष्ट्रिय व्यवसायिक सहकारी पुरुस्कार प्राप्त गरेको संस्थाले जनाएको छ ।
हिमचुलिको साधारण सभा सम्पन्न –अध्यक्षमा बराल
कालीकोट
मनिका बोहरा
असोज ३०÷हिमचुलि कृषि सहकारी संस्था लि.मान्म ५ कालीकोटको छैंटौ वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

No comments:
Post a Comment