रुपेन्द्र ऐडी
कालीकोट
७ फागुन,स्थानियलाई सुचना र प्रविधिमा पहुंच पु¥याउने उद्देश्यले ग्रामिण क्षेत्रमा पहिलो पटक जिल्लाको सवै भन्दा ठुलो टेलिसेन्टर संचालनमा आएको छ ।
सुचना तथा संचार मन्त्रालयको करिव १८ लाखको आर्थिक सहयोग तथा जिल्ला स्थित हिमचुलि कृषि सहकारी संस्था लि कालीकोटको समन्वयमा सिप्खाना गाविसको सेराचौरमा टेलिसेन्टर सँचालनमा ल्याइएको हो । ग्रामिण क्षेत्रका समुदायहरुको लागि प्रविधि क्षेत्रमा सहजता ल्याउनका लागि टेलिसेन्टर स्थापना गरिएको संस्थाले जनाएको छ । जिल्लामा हुलाक विभाग द्धारा सँचालनमा ल्याइएका टेलिसेन्टरहरु ले प्रभावकारी सेवा दिन नसेको गुनासो आईरहेको वेला सहकारीलाई हस्तान्तरण गरिएको टेलिसेन्टरले समुदायहरुलाई धेरै सहजता ल्याउन स्थानियले आशा गरेका छन । टेलिसेन्टर सँचालनबाट उपभोक्ताले फोटोकपि,फोटा प्रिन्ट,कम्प्युटर कक्षा, ईमेलईन्टरनेट, रेमिट्यान्स सेवाका साथै डेस्कटपका सेवाहरु सहुलिएतमा दिईने बताइएको छ ।
सामुदायिक सुचना केन्द्रको नाम दिइएको टेलिसेन्टरले ग्रामिण क्षेत्रमा ईलोक्ट्रोनिक सेवा दिन लागेकोमा खुसि भएको संस्थाका उपाध्याक्ष एवंम सामुदायिक सुचना केन्द्र सँचालन समितिका संयोजक काली बहादुर महताराले टेलिसेन्टरको प्रभावकारिता बढ्ने बताउनु भएको छ ।
कर्णालि वालगृह आवासिय विद्यालयका प्रिन्सिपल खेमराज जैसिले गांउमा सुपथ मुल्यमा फोटोकपि गर्न पाउदा आफुलाई भाग्यमानि ठम्याउदै ग्रामिण क्षेत्रमा प्रविधिको विकास हुनु राम्रो भएको बताए ।जिल्ला सदरमुकाममा मात्र विभिन्न निजि तथा सरकारी निकायले संचालन गरेका कम्प्युटर भन्दा ग्रामिण क्षेत्रका समुदायले सेवा दिनु संचारमा पहुंच बृद्धि भएको स्थानिय अगुवा स्वस्थ्य कर्मि हंसराज न्यौपानेले बताए । उनले लामो समय देखि चर्काे मुल्य तिरेर स्काई प्रो ईन्टरनेटबाट टेलिमिडिसियन सेवा दिदा कष्ट व्यहोर्नु परेको बताउदै टेलिसेन्टर सँचालमा आए पछि आफुलाई मात्र नभई विरामीहरुलाई समेत राहत पुगेको उनको ठम्याई रहेको छ । कालीकोटको दुर्गम गांउमा काठमाडौंबाट विज्ञ डाक्टरहरुले विरामीको चेक जांच गरेर स्तरिय सेवा दिदै आएका न्यौपानेलाई टेलिसेन्टरले ठुलो सहयो गरेका बताए ।
सदरमुकामबाट १३ कोष उत्तर पूर्वमा पर्ने रास्कोट क्षेत्रका मेहलमुडि, सिप्खाना, मुम्रा, स्युना, फुकोट गाविसका समुदायहरु टेलिसेन्टरबाट सेवा लिन पाउने भए पछि खुसि भएका हुन । आवश्याक कागजजातहरु पठाउन मात्र होईन फोटो कपि गर्न र रकम पठाउनका लागि एक दिनको दुरमा सदरमुकाम मान्म जानु पर्ने बाध्यताबाट स्थानियहरु गांउमे सेवा पाए पछि खुसि भएका हुन । जिल्ला सदरमुकाममा विभिन्न निकायले सेवा दिए पनि गांउमा भने सेवा नपाएका स्थानियका लागि ठुलो राहात भएको बताइएको छ । ग्रामिण क्षेत्रमा कम्प्युटर सँचालन गरेर निजि व्यवसायिहरुले चर्काे मुल्य तिर्न बाध्य भएका स्थानिय उपभोक्ताले सहुलिएत दरमा गांउमा सेवा पाउनु राम्रो भएको कालासिल्ला मा वि स्युनाका शिक्षक गोरख बहादुर शाहीले गांउमा टेलि सेन्टर सँचालनमा आउनु राम्रो भएको बताउदै उपभोक्ताले सो सेन्टरबाट अधिक मात्रामा सेवा लिन सक्नु पर्ने उनको भनाई रहेको छ ।
कालीकोट जिल्लामा नेपाल टेलिकमले पछिल्लो समयमा ग्रामिण क्षेत्रमा स्काई प्रो लगाएतका ईन्टरनेट सेवा संचालनमा ल्याए पछि सुविधा पाएका स्थानियहरुलाई कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको छ । यस अघि जिल्ला हुलाक कार्यालय कालीकोटबाट संचालनमा आएका मेहलमुडि गाविस र सदरमुकाम मान्मका टेलिसेन्टर भने विद्युत समस्याका कारण अहिले बन्द भएका छन । सिप्खानामा सँचालनमा ल्याउन लागिएको टेलिसेन्टरमा छ वटा एक सय ५० वाट क्षमता भएका सोलार प्रणालि जडान गरिएका छन भने ५ वटा कम्प्युटर, फोटाकपि,लसमनेशन,फोटो प्रिन्ट,टेवु दराज लगाएतको १८ लाख बराबरको सामान प्रदान गरेको छ । सरकारले टेलिसेन्टर सँचालनमा ल्याउने तर संरक्षणमा वेवास्ता गरेका कारण कयौं टेलिसेन्टर जिर्ण अवस्थामा रहेको बताइएको छ । सम्बन्धित निकायले पटक पटक अनुगमन तथा निग्रानि र सहयोगका लागि निरन्तर ध्यान दिनु पर्ने स्थानियले आग्रह गरेका छन ।

No comments:
Post a Comment