Sunday, December 21, 2014

डेढ वर्ष पछि मोवाएल टावर सुचारु


मनिका बोहरा
कालीकोट
पौष ६÷विद्युत अवरोध पछि गएको वर्ष अषार महिनामा विग्रिएको मेहलमुडि स्थित मोवाइल टावर  संचालनमा आए पछि रास्कोट क्षेत्रका १२ गाविसमा संचारको सहजता आएको छ । जिल्लाका पश्चिम क्षेत्रका १२  वटा गाविसमा मोवाईलको काम गर्ने टावर संचालनमा आए पछि मोवाई प्रयोग कर्ता स्थानिय वासि खुसि भएका छन ।
   जिल्लामा बिद्युत नहुंदा पावरको अभावमा निष्क्रिय अवस्थामा रहेको समयमा नेपाल टेलिकम क्षेत्रिय निर्देेशेनालय नेपालगंजको प्राविधिक सहितको टोलिले लगातार सात दिन लगाएर टावरको काम सम्पन्न गरे पछि  पूर्ण रुपमा संचालनमा आएको बताइएको छ ।नेपाल टेलिकम क्षेत्रिय निर्देशनालयका प्राविधिक दुर्याेधन चौलागाईका अनुसार मेहलमुडिको मोवाएल टावरमा एक सय पैतिस वाट क्षमताका ७२ वटा प्यानलहरु जडान गरेको बताउनु भएको छ । वहांका अनुसार एक किलोवाट बराबरका क्षमता भएको सोलार प्राणलि जडान गरेकाले समस्या नआउने बताउनु भएको हो । कालीकोट जिल्लाका विभिन्न क्षेत्रमा काम सम्पन्न भएका तर पावरको अभावमा निष्क्रिय रहेका मोवाईल टावरहरुको काम पनि प्रक्रियामा रहेको चौलागाईको भनाई रहेको छ  ।
 फुकोट गाविसको घोडादाउनि स्थित २०६९ सालमा निर्माण भएको टावर बनाएको समयमा संचालनमा नआंदा अहिले विगे्रर काम नलाग्ने भएको छ । स्थानिय कृष्ण प्रसाद बरालका अनुसार नमस्तेको टावर बन्दा ढुक्क संग फोन गर्ने पाईने सोचमा रहे पनि तीन वर्ष सम्म नबन्दा खिन्नता भएको उनले बताएका छन । जिल्लाका धौलागोह, लालु, सुकाटिया, जिम्जेडि, भर्ता, मेहलमुडि,जुविथा लगाएतका ठांउमा गरी जिएसम तथा स्काईका सात वटा र हेलो, एनसियलका गरी चार वटा टावरमा वत्तिको समस्याका कारण पटक पटक सेवाग्राहीले समस्या झेल्नु परेको बताइएको छ ।
   जिल्ला दुर संचार कार्यालय कालीकोटमा पावर अभाव भए पछि २५ केवि क्षमता भएको जेनेरेटर मार्फत सेवा दिनुका साथै सोलार प्रणालि मार्फत सेवा निरन्तर दिदै आएको दुर संचार कार्यालय कालीकोटका प्राविधिक मेघराज संज्यालले बताएका छन ।उनका अनुसार जिल्लामा निर्माण भएका टावरहरुमा पावरका लागि सोलार सिस्टमको व्यवस्थाका लागि दुर संचार कार्यालय कालीकोट लागि परेको बताएका छन । 

No comments:

Post a Comment