Sunday, December 21, 2014

कोटबाडामा ३७ जना एकचिहान पारेका थिए कटुवालले


राजा र सेनापति नै थिएनन् निर्दोष मजदुर मार्ने पक्षमा

कालिकोट। कालीकोटको कोटबाडा विमानस्थलमा ३७ जना निर्दोष मजदुरहरु एक चिहान हुनेगरी भएको हत्याकाण्डको नेतृत्व रुकमाङ्गद कटवालले गरेको उनले आफ्नो आत्मकथामा स्वीकार गरेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र र तत्कालीन प्रधानसेनापति प्यारजंगको चाहना विपरित दुवैलाई ‘आँखामा धूलो छरेर’ कटवालले निर्दोष मजदुर मारेको तथ्य कटवालले स्वीकारेका छन् ।

कटवालले निर्दोष मजदुरहरुलाई एकै चिहानमा कत्लेआम गर्ने कार्य ‘महाराजधिराज सरकार’को नूनको सोझो गर्न कसरी सम्पन्न गरेका थिए रु
पढौं उनकै शब्दमा–
द्वन्दकालमा राजा ज्ञानेन्द्रको भ्रमण मध्य र सुदूरपश्चिममा बढी भयो । अन्य सबै जिलालको भ्रमण सकेर अन्तिममा कालिकोटको तय भएको थियो ।
‘माओवादीले सके राजालाई नै आक्रमण गर्ने, नसके भ्रमण बिथोल्ने योजना बनाएका छन्,’ मैले खबर पाएँ ।
युनिफाइड कमान्ड अन्तर्गत सबै सुरक्षाबल एकसाथ मैदानमा उत्रेकाले सूचना प्राप्ति बढ्दै गएको थियो । त्यही सूचना आधारमा अपरेसन योजना बनाउन हामी कालिकोटको नक्सा टाँसेर छलफल गरिरहेका थियौं ।
त्यत्तिकैमा माओवादी जत्था सयौं सर्वसाधारणलाई ढाल बनाएर कोटबाडामा भेला भएको अर्को भरपर्दो सूचना आयो । मैले तुरुन्तै अपरेसनमा फौज पठाउने निर्णय गरेँ ।
नम्बर ४ वाहिनी सुर्खेतका सहायक वाहिनीपतिको कमान्डमा फौज खटियो– मिसन कोटबाडा ।
कोटबाडा कर्णालीपारि छ । सरकार सवारी हुने कालिकोट सदरमुकाम मान्मा कर्णालीवारि नै छ । कोटाबाडा र मान्मा दुवै उचाइमै छन् । कोटवाडा अझ माथि पर्छ ।
‘‘।। ‘‘।।    ‘‘।। ‘‘।।     ‘‘।। ‘‘।।
फौज दुई–तीन दिन अड्किएको महाराजधिराज सरकारलाई पनि थाहा भयो । सवारी मुकाम सुर्खेत ब्यारेकमा थियो । सरकारबाट हुकुम भयो, ‘अहिले भैगो, कालिकोट पछि जाउँला ।’
म पृतनापति भएको क्षेत्रमा सदरमुकामसम्म पनि सवारी चलेन भने ठूलो होहल्ला हुन्छ । योभन्दा ठूलो सरम अर्को हुँदैन । माओवादीले झ्याली पिट्न पाउँछन् । आतंककारीलाई प्रोत्साहन मिल्छ । मेरो मनमा अनेक तर्कना खेल्न थाले ।
मैले अठोट गरेँ, कोटबाडा क्लियर गरेर राजाको सवारी चलाएरै छाड्छु ।
चिफसापलाई सोधेँ ।
‘सरकारलाई जाहेर गर न,’ उहाँबाट हुन्छ÷हुन्न केही आदेश आएन ।
मलाई सवारी टोलीमा समावेश गरेर सुर्खेत लगेको चिफसापलाई सायद मन परेको थिएन । ‘‘ त्यसमाथि दरबारको इच्छाअनुसार उमा पनि मसँगै सुर्खेत गएको चिफसापलाई चित्त बुझेको थिएन । म सुर्खेतमा सवारी टोलीसँगै रहँदा राजाले ‘मार्क’ गर्लान् भन्ने लागेको हुनसक्छ ।
‘।। ‘।।
म आफैं अपरेसनमा खटिएर कोटबाडा क्लियर गर्दा ‘जस पाउँला’ भन्ने बुझाइले पनि चिफसापले निर्णय नदिनुभएको होला । नत्र म अपरेसनमा जाने विषय चिफसापले नै महाराजधिराजलाई जाहेर गर्नुपथ्र्यो ।
बिहान मर्निङ वाकमा महाराजधिराज सरकारलाई बिन्ती चढाएँ ।
‘आस्क योर चिफ, ह्वाई आर यु आस्किङ मी रु’ सरकारबाट हुकुम भयो, ‘इट इज मिलिट्री अफेयर ।’
कुरा यता न उता भयो । ठोस निर्णय भएन ।
राजाको कालिकोट सवारी तोकिएको दिन नजिकिँदै थियो । सुरक्षाका कारण सवारी स्थगित भएको सन्देश गयो भने त मरेतुल्य हुन्छ । मेरो उकुसमुकुस झन् बढ्न थाल्यो ।
त्यसकै भोलिपल्ट काठमाडौंमा घोडेजात्रा थियो । चिफसाप त्यसका लागि हिँड्नुपर्ने भयो । घोडेजात्राको सलामी युवराजधिराजले नै ग्रहण गर्ने तय भयो । ‘‘‘
घोडेजात्राको दिन बिहान सरकारको मर्निङ वाक हुने बाटोमा ढुकेर बसेँ ।
‘सरकार, म कोटबाडा जान लागेँ,’ मैले अलिकति झूठो नै बोलेँ, ‘चिफसापको जानू भन्ने आदेश छ ।’
‘त्यसो भए जाऊ,’ राजाबाट अनुमति प्राप्त भयो ।
सरकारलाई सलाम गरेर तत्कालै बिदा भइहालेँ ।
‘टेक केयर,’ महाराजधिराजबाट हुकुम भयो ।
त्यसलगत्तै चिफसापलाई फोन गरेँ । फौज लिएर कोटबाडा जान लागेको बताएँ ।
‘महाराजधिराजबाट अनुमति लियौ त रु’ चिफसापले सोध्नुभयो ।
‘सरकारबाट जाऊ भन्ने हुकुम भएको छ,’ मैले भनेँ ।
‘ल जाऊ जाऊ,’ चिफसापको आदेश आयो ।
चिफसापको आदेश भन्ठानेर राजा र राजाको आदेश ठानेर चिफसापको अनुमति मिल्यो । ४ नम्बर वाहिनीपति अनिलजंग थापालाई सँगै लिएर हेलिकप्टरमा कर्णाली किनार उत्रिएँ ।
यसपछि कटवालले कसरी माओवादीको नाममा निर्दोष चेपाङलगायत विमानस्थलमा कार्यरत निहत्था मजदुरको कत्लेआम गरे रु गर्वका साथ सविस्तार गरेका छन् ।
कटवालको लासमाथिको राजनीति
माओवादी ‘आतंककारी’को नाममा निर्दोष मजदुरलाई महंगो हतियारले भुटेपछि उनले लासलाई पनि सजिलै छाडेनन् । राजाबाट जस लिन उनले कसरी मच्चाए मिडिया प्रोपोगान्डा । पढौं उनकै शब्दमा–
भोलिपल्ट नेपाल टेलिभिजनकी पत्रकार रमा सिंह लगायतलाई सुर्खेतबाट लगेर कोटबाडा देखायौं । विभिन्न सञ्चारमाध्ममका तीनरचार पत्रकार बुलेटप्रुफ ज्याकेट र हेलमेट लगाएर पुगेका थिए । उनीहरुले माओवादीले बनाउको टिनको खेलौनाजस्तो तोप देखे । माओवादीले अवरोध गर्न बनाएको ठाउँ देखे ।
सुर्खेत फर्किंदा रमा सिंहले हेलिकप्टरमै मेरो अन्तर्वाता लिइन् ।
‘माओवादी कहाँ छन् मलाई देखाइदिनुस् । दुई–चार आतंककारी जत्था जम्मा गरेर माओवादी भन्नेले जनता थर्काउँदै हिँड्ने १ एक÷दुई दिन त डाँकाले पनि कसैले घर कब्जा गर्न सक्ला । यसको मतलब राज्यभित्र राज्य खडा भयो भन्ने हैन । सुरक्षा फौज आफ्नो इच्छाअनुसार अधिराज्यभित्र जहाँ पनि पुग्ने क्षमता राख्छ ।’ मैले यस्तै यस्तै बोलेँ । अनिलले पनि भने, ‘मेरो क्षेत्रभित्र फौज जान नसक्ने ठाउँ कहीँ छैन ।’
नमकहराम कटवाललाई महाराजधिराजको बधाई
‘रुक्माङ्गद बधाई छ है तिमीलाई,’ सुर्खेत फर्किएको भोलिपल्ट मर्निङ वाकमा भेट हुँदा भरत जर्सापले भन्नुभयो । ‘गज्जब इन्टरभ्यु दिएछौ,’ उहाँले थप्नुभयो ।
‘हजुरले पनि हेर्न पाउनुभयो र १’
‘।। ‘। भरत जर्सापले भन्नुभयो, ‘सरकारले हाइली इम्प्रेस्ड है, गज्जब इन्टरभ्यु दियौ भनिबक्सेको थियो ।’
नेपाल टेलिभिजनको समाचारमा त्यो अन्तर्वार्ता प्रसारण भएको रहेछ । सवारीको भिआइपी टोली राति ९ बजे गफगाफ गर्न बसेका बेला राजाबाट सोधनी भएछ, ‘ए भरत, कटवालको इन्टरभ्यू हेर्यौ रु’
‘छैन,’ भरतकेशरीले जवाफ दिनुभएछ ।
‘कटवालले राम्रो बोलेको रहेछ,’ राजाबाट हुकुम भएछ ।
हामी क्लियर गरेर आएको भोलिपल्टै मान्मामा एड्भान्स टोली खटियो । टोलीमा एडिसी, प्रमुख सैनिक सचिव लगायत हुन्छन् । उनीहरुले ओके नभनी सवारी चल्दैन ।
त्यसपछि कोटबाडामा कुनै व्यवधान भएन । राजाको सवारी शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । हजारौं जनताले राजासँग कुराकानी गर्न पाएँ ।
राजालाई रिझाउन ३७ जना एक चिहान
महेन्द्रको दौरा समाएर राजधानी छिरेका कटवालले राजपरिवारले लगाएको गुन तिर्न कोटबाडा नरसंहार मच्चाएको उनकै आत्मवृतान्तबाट स्पष्ट हुन्छ । दरबार हत्याकाण्ड लगत्तै दुई तारेमा बढुवा भएका कटवालले आत्मकथामा आफूभन्दा सिनियर कमाण्डर र उपप्रधानमन्त्रीसम्मलाई थर्काएको प्रसंग उल्लेख गरेका छन् । यसले गर्दा सेनापति र उनको बीचमा पटक–पटक असमझदारी पैदा भएको प्रसंग पनि उल्लेख गरेका छन् । राजा र प्रधानमन्त्रीको वरिपरि रत्तिएर कमाण्ड नमान्ने प्रवृत्तिले कटवालका कमाण्डरहरु क्रुद्ध हुने गरेको आत्मकथा पढ्दा स्पष्ट हुन्छ ।
कटवाल अगाडि भन्छन्–
राजा विरेन्द्रको देहावसानपछि दुई तारे जर्नेलका रुपमा नयाँ राजा ज्ञानेन्द्रलाई दाम चढाउन जाँदा उहाँले भन्नुभएको थियो, ‘दाइकै पालामा सुरक्षा परिषद खडा गर्दा तिमीलाई राख्ने भनेर लेखिएको रहेछ, तिम्रो पोस्टिङ पनि त्यसै अनुसार हुन्छ ।’
‘।।०५८ मंसीर ११ गते संकटकाल लगाएर सेना परिचालन गरिएपछि सैनिक मुख्यालयको प्रस्तावमा बल्ल सुनुवाइ हुन थाल्यो । प्रधानमन्त्री शेरबहादुर देउवा सेनाको प्रस्तावमा सकारात्मक भएकाले सुरक्षा परिषद सचिवालय गठन भयो । सचिवालय संयोजकमा रक्षासचिव र सहसंयोजकमा मलाई खटाइयो ।
मैले दाम चढाउँदा राजा ज्ञानेन्द्रले भन्नुभएको कुरा पूरा भयो ।
कटवाल बहादुर कि कायर रु
कटवालको आत्मकथा आएपछि ५ घण्टे सेनापति कुलबहादुर खड्काले कटवाललाई कायरको संज्ञा दिएका छन् । त्यसो त, कोटबाडा नरसंहार घटनाप्रति उनको ‘बहादुरीपूर्ण बयान’ आएपनि उक्त घटनाबारे विभिन्न समयमा आएका समाचारहरुले उनी कति कायर रहेछन् भन्ने पुष्टिहुन्छ
  धादिङबाट मजदुरी गर्न कालिकोटको कोटबाडा पुगेको निर्दोष चेपाङहरुको हत्या गरेर मिडियाबाजी गर्दै राजाबाट वाहवाही पाए । तर ती निर्दोष चेपाङले कटवालको महाराजधिराजलाई कसरी अवरोध गर्दथे र रु निर्दोष चेपाङलाई ‘आतंककारी’को आरोप लगाउँदै कत्लेआम गरेको घटनालाई बहादुरी गाथाको रुपमा आत्मवृतान्तमा कटवालले प्रस्तुत गरेको छ । यद्यपि उनले रामेछापको दोरम्बा हत्याकाण्ड, भैरवनाथ गणमा ४९ जनाको एकै चिहान बनाउँदा आफू कहाँ थिए भन्ने उल्लेख गरेका छैनन् ।
कर्णेल लामाकै बाटोमा कटवाल रु
माओवादीको विद्रोहकालका जघन्य अपराधमा संलग्नहरुको हिसाब–किताब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कठघरामा शुरु भएको छ । तत्कालीन माओवादी जनयुद्धको बेला दुई जना सर्वसाधारणलाई सैनिक हिरासतभित्र यातना दिएको अभियोगमा नेपाली सेनाका महासेनानी ९कर्णेल० कुमार लामा बेलायतमा पक्राउ परे । द्वन्द्वकालमा कपिलवस्तुको गोरुसिंगेस्थिति ब्यारेक प्रमुख हुँदा दुई जना निहत्थालाई यातना दिएको उजुरी परेको उनी पक्राउ परेपछि मात्र थाहा भएको थियो ।
१४ मे १९९१ मा यातनाविरुद्धको राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गर्दै जेनेभा महासन्धि लगायत थुपै्र अन्तर्राष्ट्रिय कानूनको पक्ष राष्ट्र बनेर नेपालले यस्तो अपराधका अभियुक्तलाई कारबाही गर्ने सैद्धान्तिक आधार अन्तर्राष्ट्रिय समुदायलार्य दिइसकेको थियो । विश्वका १२५ देशले विश्वव्यापी क्षेत्राधिकारको सिद्धान्त अंगीकार गरेका छन् ।
ओएचसीएचआरले नेपाल द्वन्द्वप्रतिवेदनमा केही घटनालाई महत्वका साथ उठाएको छ, जसमा कोटबाडा हत्याकाण्ड पनि उच्च प्राथमिकतामा परेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको सिफारिस लत्याउँदाको परिणाम कर्णेल लामा जस्तै विदेश भ्रमणमा जाने माओवादी नेता र सुरक्षा निकायका बहालवाला तथा भूतपूर्व अधिकारीहरु जहाँ पुग्यो त्यहीँ समातिन सक्छन् । त्यसो त, कटवालले आत्मवृतान्तमा तत्कालीन र राजा र प्रधानसेनापतिलाई ढाँटेर कोटबाडामा आफैंले कमाण्ड गरेर ‘आतंकवादी क्लियर’ गरेको स्वीकारेका छन् । कटवाल पनि छिट्टै कानुनको फन्दामा नपर्लान् भन्न सकिन्न । किनकी अन्तर्राष्ट्रिय कानुन अनुसार यो प्रकृतिको मुद्दामा ‘कमाण्ड जिम्मेवारी’ महत्वपूर्ण मानिन्छ ।
के हो कोटबाडा नरसंहार
१२ फागुन २०५८ मा विमानस्थल निर्माणमा खटिएका ३७ जना कामदारहरुलाई लाइनमा राखेर गोली हानी हत्या गरिएको थियो । घटनाको प्रत्यक्षदर्शी कोटबाडा गाविस–३ की ४७ बर्षीया मीर्गा विष्टका अनुसार ३७ जना निर्दोष मजदुरलाई लाइन लगाई माओवादी ‘आतंककारी’ को आरोपमा छातीमाथि एसएलआर बन्दुक राखेर सेनाले गोली हानी हत्या गरेका थिए ।
जुन घटनामा विष्टका १९ वर्षीय छोरा टेकबहादुर विष्ट पनि मारिए । आफ्नै आँखा अगाडि छोरालाई गोली हानी मारिएको घटना सम्झँदा विष्ट अहिले पनि मुच्र्छा पर्छिन् । मारिएका मध्ये ६ जना स्थानीय सहित अन्य धादिङबाट काम गर्न ल्याइएका चेपाङहरु लगायत थिए । रक्सीले मातिएका सेनाले गोलीले निर्दोष मजदुर भुट्दा कोटबाडा विमानस्थल रक्ताम्य भएको थियो ।
नेपालको इतिहासमै कोटबाडाबासी बराबर क्षति र पीडा अरु कुनै गाविसले खेप्नु नपरेको स्थानीयहरू बताउँछन् ।

No comments:

Post a Comment