मनिका बोहरा
कालीकोट
२२मंसिर/कृषिमा आधुनिकिकरणमा जोड दिने उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालय कालीकोटले अनुदानमा जिल्लाका ग्रामिण क्षेत्रमा हाते ट्याक्टर उपलब्ध गराए पछि स्थानिय कृषकहरु हाते ट्याक्टर बाट खेत जोत्न थाले पछि खुसि भएका छन ।
विगतमा गोरुबाट खनजोत गर्ने स्थानमा अहिले टयाक्टर बाट खेत जोत्न पाउदा आफुमा गर्वको महसुस भएको बताउन थालेका छन ।कालीकोट जिल्लामा छ वटा हाते ट्याक्टर उपलब्ध गराए पछि गांउमा अर्कै महसुस हुन थालेका स्थानियले बताएका छन ।
जिल्लाका खिन, मान्म, स्युना, फुकोट, कोटवाडा र रांचुलि गाविसमा दिइएको हाते ट्याक्टरले खेत जोत्ने क्रमले निरन्तरता पाएको छ । रास्कोटको स्युनामा हाते ट्याक्टर ल्याए पछि खेत जोत्नका लागि लाईन नै लागेका छन । स्थानियहरुले हाते ट्याक्टरल खेत जोतको हेर्न आउनेको भिड पनि त्यतिकै लागेको छ ।
गोरुबाट दुई दिनको समय लाग्ने खेतमा हाते ट्याक्टरबाट जोत्दा तीन घण्टाको समयमा काम सम्पन्न भएको स्युनाका नरध्व शाहीले बताएका छन । गांउमा गोरु पाल्नु भन्दा छिटो छरितो भई समयको बचत हुने भए पछि गांउमा हाते ट्याक्टर प्रति आकर्षण बढ्न थालेको छ । ग्रामिण क्षेत्रमा पेट्रोलका माध्यमबाट संचालन गर्न खर्चिलो हुने र भिरालो ठांउमा लैजानका लागि समस्या आउने भए पनि खेतवारी जोत्नका लागि सहज भएको स्युनाका स्थानिय मन तिरुवाले बताएका छन । उनले आफुले एक दिन लाग्ने खेत जोत्दा एक घण्टा १५ मिनेट लागेको बताउदै आफु निकै खुसि भएको बताएका छन ।जिल्लाको विकट मानिएको खिन गाविसमा लिएको हाते ट्याक्टरले खेत जोत्न पाए पछि कृषकहरुमा उत्साह थपिएको बताउदै पेट्रोलको अभावमा समस्या रहने स्थानिय पदम विकले बताएका छन । खिनका ऐनराज महताराले सांच्चै आफुहरु आधुनिक जमानाको नजिक पुगेको बताउदै यस्तो विकट क्षेत्रमा हाते ट्याक्टर उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालयलाई धन्यवाद दिएका छन । उनले भने अव घरमा गोरु नहुनेहरुका लागि कहां कस्को गोरु मागेर खेत जोत्ने भन्ने चिन्ता हटेको बताएका छन ।
जिल्ला कृषि विकास कार्यालय कालीकोटले गत आर्थिक वर्षमा दुई वटा र चालु आर्थिक वर्षमा चार वटा गरी छ वटा गाविसमा हाते ट्याक्टर उपलब्ध गराएको हो । सो मा लाग्ने खरिद मुल्यमा जिल्ला कृषि विकास कार्यालय कालीकोटको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत समुदायको लगानिमा पलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्राविधिक सहयाक कल बहादुर शाहीले बताएका छन ।
हाते ट्याक्टरको खरिद मुल्य रु एक लाख विस हजारमा समुदायले २५ प्रतिशतले हुन आउने रकम ३० हजार समुदायको लगानि गरे पछि उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले छ वटा हाते ट्याक्टर नमुनाका लागि उपलब्ध गराएको र यसबाट किसानहरुलाई प्रत्यक्ष फाईदा हुने विश्वास लिएको छ । कार्यालयका अनुसार किसानहरुलाई सहज बनाउदै लैजाने उद्देश्यका साथ आगामी वर्षमा व्यापक विस्तार गरिने योजना बनाइएको बताएको छ ।
कालीकोट जिल्लामा भिरालो जमिन भएका कारणले उर्वरा भुमि कमिका कारणले उत्पादन कम हुने गरेको बताइएको छ । जिल्लामा कुल क्षेत्रफल १७४१ वर्ग कि.मिमा १० दशमलव १६ प्रतिशत अर्थात १८हजार ८७ दशमलव ८० हेक्टर क्षेत्रफल खेति योग्य जमिन रहेको छ । खेति योग्य जमिन भित्र एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र खेति भैरहेको बताइएको छ ।
No comments:
Post a Comment