मनिका बोहरा
कालीकोट
मंसिर ८/गांउ गांउमा स्थापना भएका यहांका अधिकांस सहकारी सस्थाहरु निष्क्रिय रहेको पाइएको छ । डिभिजन सहकारी कार्यालय जुम्लाका अनुसार प्रभावकारी अनुगमनको संयन्त्र नहुदा कालीकोटका ग्रामिण इलाकाका सहकारी संस्थाहरु निष्क्रिय अबस्थामा रहेका छन ।
सहकारी शिक्षाको अभाव र वास्तविक सहकारीको बारेमा ज्ञानको कमिले सहकारी सस्थाहरु निष्क्रिय हुन थालेका हुन । वर्षको एक पटक मात्र जुम्लाबाट डिभिजन सहकारी कार्यालयको टोलिले अनुगमन तथा ब्यवस्थापनका लागि तालिम दिने गरेका कारण सस्थाहरु के गर्ने र कसरी अघि बढ्ने भन्ने स्पष्ट खाका र भिजनको अभावमा समस्या आएको नवज्योति बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष बसन्त बिकले बताएका छन । उनले आफु सहकारीको बारेमा आफु जति स्पष्ट भएर गए पनि स्थानिय स्तरमा सदस्यहरुको जिवन ब्यवहारमा प्रत्यक्ष प्रभाव नपार्दा सहकारी सस्थाहरु अघि बढ्न समस्या आएको बताउछन् । अधिकांस सहकारी सस्थाहरुले अहिले सम्म पनि आर्थिक वर्ष २०६८÷०६९देखि यताको लगातार वार्षिक लेखा परिक्षण तथा साधारण सभा समेत नगरेको पाइएको छ ।
डिभिजन सहकारी कार्यालय जुम्लाले भौगालिक विकटताका कारण प्रादेशिक कार्यक्षेत्र कर्णालिका पांच जिल्ला हुनु र जनशक्तिको अभावमा अनुगमन तथा नियमन गर्न समस्या आएको बताउदै आएको छ । कार्यालयका अनुसार आउदो छोटो समय भित्र कालीकोटमा डिभिजन सहकारी कार्यालय स्थापनाको पहल भएको बताइएको एक वर्ष भन्दा बढि समय भैसक्दा पनि त्यसको पहल भने हुन नसकेको बताइएको छ ।वर्ष एक पटक मात्र तालिमको सिलसिलामा जिल्लामा आईपुग्ने डिभिजन सहकारी कार्यलय जुम्लाले सदरमुकामका सहकारीको अनुगमन गरेर फर्किने गरेको छ ।
जिल्लामा सहकारी दर्ता गर्ने प्रक्रिया र माध्यम नहुदा सुर्खेत जुम्ला पुग्नु पर्ने बाध्यता आई लागेको छ ।सहकारी दर्ताका लागि चर्काे रकम खर्च गरेर सस्थाहरु दर्ता हुने गरेको छ । सरकारले गांउ गांउमा सहकारी, घरघरमा रोजगारी भन्ने नारा दिएर सहकारी सुपथ मुल्य पसल संचालनमा ल्याएपनि ति सहकारी सस्थाले छोटो समयमा पसल सुचारु गरेर अहिले सहकारी सुपथ मुल्यका पसल छन कि छैनन भन्ने थाहा पाउन समेत समस्या भएको बताइएको छ । सहकारी सस्थाको उचित ब्यवस्थापनको अभावमा जटिलता थपिएको छ ।कालीकोट जिल्लाका सहकारीहरुको अवस्था बुझ्न र सक्रिय तुल्याउन गत वर्षको १५ आंै जिल्ला परिषदले अनुदान पाएका सहकारी सस्थाहरुको अनुगमन गर्ने निणर्य भएको एक वर्ष वित्दा सम्म अनुगमन नभएको सहकारी सस्थाहरुले बताएका छन ।
जिल्ला सहकारी संघ लि. कालीकोटले अनुदान पाएका सहकारी सस्थाहरु सवैले रकम दुरुपयोग नगरेको तर विधि र प्रक्रियामा फरक परेको जनाएको छ । सदरमुकाममा संचालनमा रहेका सहकारी सस्था बाहेक ग्रामिण इलाकाका सहकारी सस्थाहरु ज्ञान सिपको अभावमा निष्क्रिय हुन पुगेको बताइएको छ । बजारमा स्थापना भएका सहकारी सस्थाहरुले नाम पशुपालन राखेर दर्ता भएको भएपनि काम बचत तथा ऋणको कारोवार शुरु गरेका छन । उद्देश्य अनुसार काम भने नभएका सहकारी सस्थाहरुलाई डिभिजन सहकारी कार्यालय जुम्लाले सुधारका लागि अनुरोध गरेको भए पनि प्रत्यक्ष निरन्तर निग्रानिको अभावमा उद्देश्य अनुसार काम गरे नगरेको केही थाहा भने हुन सकेको छैन ।
कालीकोट जिल्लामा स्थापना भएका सहकारी सस्थाहरुको क्ष्ँमता विकासका लागि जिल्ला सहकारी संघ लि. कालीकोटले पहल चालेपनि प्रारम्भिक सहकारी सस्था र सहकारी संघको साझेदारमा लगानि बाट शुरु गर्नु पर्ने भएकाले आर्थिक अभावमा समस्या आउने गरेको बताइएको छ ।
जिल्ला सहकारी संघ लि. कालीकोटका सचिव रुपेन्द्र बहादुर ऐडीले जिल्लाका विकास निर्माण तथा अन्य सस्था संगको समन्वयमा काम गर्ने निकायको सहकारी प्रति हेर्ने बुझाई गलत भएका कारण सहकारी ब्यवस्थापनमा तथा क्षमता विकासमा सहज हुन नसकेको बताउनु भएको छ ।
कालिकोट जिल्लामा अहिले भिन्न भिन्न उद्देश्यका एक सय बढि सहकारी सस्थाहरु स्थापना भएको जिल्ला सहकारी संघ लि. कालीकोटले जनाएको छ । डिभिजन सहकारी कार्यालय जुम्लाका अनुसार जुम्लामा सक्रिय नहुने सहकारीहरुलाई कार्वाहीको प्रक्रिया अघि बढाएको भए पनि कालीकोटमा भने एउटा पनि सहकारी कार्वाहीमा परेको छैन । डिभिजन सहकारी कार्यालय जुम्लाका अनुसार कर्णालिमा जम्मा पांच सय पांच वटा सहकारी स्थापना भएको बताइएको छ । तिनि सहकारी मध्ये निष्क्रिय तथा उद्देश्य विपरित काम गर्ने जुम्लाका मात्र सात वटा सहकारी संस्था खारेजि,एक सय २३ वटालाई आर्थिक जरिवाना र दुई वटा सहकाीलाई लिक्विडेशन कार्वाही गरिएको जुम्लाले जनाएको छ ।

No comments:
Post a Comment