Saturday, November 15, 2014

कालीकोटमा पुख्र्याैलि आरन ब्यवसाय लोप हुंदै

कालीेकोट
३०कार्तिक/जिल्लाको रास्कोट क्षेत्रमा पर्ने स्युना, फुकोट, सिप्खाना लगाएतका गाविसका स्थानियहरु आफुले गर्दै आएको पुख्र्याैलि आरन पेशा पछिल्लो समयमा युवा जनशक्तिहरुको अरुचिका कारण  उचित ज्याला नपाएको भन्दै सो पेशा हराउन थालेको छ ।

 स्थानियका अनुसार पुर्खाैं देखि आरन पेशा गर्दै आएको भए पनि हाल गांउमा आरनको काम गर्न बुढापाका मात्र रहेको र नयां पुस्ताको सो पेशा प्रति आकर्षण  नभएका कारण पनि पेशा हराउने क्रममा रहेको बताइएको छ ।काममा लागेकाहरुले पनि दुई दिन लगाएर एक हसिंया(आंसि) बनाउने काम हुन्छ तर फलामको रकम भन्दा पनि एक दिन ज्याला नपाउने अवस्था आउने गरेको बताएका छन । तिन पुस्ता अघि देखि  आरन पेशामा सहभागि स्युना ४ का नन्द तिरुवाले बताएका छन । उनले भने दुइृ दिन लगाएर पांच सय ज्याला दिएर एक भारी कोईला ल्याउनु पर्छ गांउमा कोईला छैनन् ।  वन जंगलको समस्या छ  ।  आफु हुन्जेल यस कामले निरन्तरता पाउने भए पनि आफ्ना छोराले यस कामलाई जारी नराख्ने बताएका छन । गांउमा दैनिक ज्याला भन्दा पनि भांडाकुंडा मर्मत गरेका खलो(धान,मकै) दिने गर्छन , त्यहि पनि राम्रो अन्न घरमा राखेर नराम्रो हामीलाई दिन्छन दुई दिनको कमाई दुई देखि तीन पाथि सम्म अन्नवालि ल्याएर गुजारा चलाउनु पर्छ । विरवले तिरुवाले भने गांउमा आरन व्यवसायिहरुमा एकता नहुंदा बनाएको मालको दर भन्दा पनि सस्तो दरले विक्रि गर्ने कारण आफुहरुमा भएकाले पारिश्रमिक पाउनमा समस्या आउने गरेको उनको कथन छ । कालीेकोट जिल्लामा विभिन्न एक दर्जन बढि दलितका हितमा काम गर्ने गैरसरकारी संघ संस्था भए पनि आरन व्यवसायिहरुको पक्षमा काम अहिले सम्म नभएको व्यवसायिहरुले बताएका छन ।आरनको काम गर्ने विचमा संगठन नभएकाले ति आरन व्यवसायिहरु अघि बढ्न नसकेको आरन व्यसायिहरुको गुनासो रहेको  छ । केही समय अघि जिल्ला विकास समिति कालीकोट अन्तरगत दलित वर्ग उत्थान समन्वय समिति कालीकोटल जिल्लाका केही आरन व्यवसायिहरुलाई आरनका लागि चाहिने पंखा उपलब्ध गराएको थियो भने त्यस पछि कसैले ध्यान नदिएको बताइएको छ । जिल्लामा आरन व्यवसायिहरुले पुरानो सिप कला  भए पनि आधुनिक सिप तथा तालिम भने कहिल्यै नपाएको ४९ वर्षिया गोहोडे तिरुवाले बताएका छन ।उनका अनुसार आफ्नो वाबुको नाममा रहेको जग्गा कम भएका कारण उत्पादन नहुने भएकाले घर जहान ७ जनालाई पालन पोषण गर्न पनि यस पेशा अगाल्नु परेको बताएका छन । गांउमा सामान बनाएर लिदा उचित मुल्य नपाउने गरेकाले आरनमा आएर सामानको मुल्य दिएमा  मात्र सामान बनाउने उनले बताएका छन । गांउमा दिन भरि डुलाउदा कहिले फिर्ता ल्याउनु पर्ने त कहिले उचित ज्याला नपाउने सामान विक्रि नहुंदा घरपविार धान्न नसकिने भएकाले समस्या आउने गरेको बताएका छन ।
   अधिकांस स्थानियको खेतवारी नभएकाले  यस पेशालाई प्रमुख नै बनाएका छन । ५७ वर्षका जसे तिरुवाका जग्गा जमिन पनि नभएको र घरमा अन्य परिवार नभएकाले अन्य आम्दानिको श्रोत नभए पछि आरन व्यवसाय प्रमुख श्रोत भएको बताए । उनले भने आफु बांच्दा सम्म आरन चलाएर पेट पाल्छु मरे पछि छोरा छोरी परिवार समेत कोही नभएकाले मेरो भगवान नै आरन पेशा हराउने बताए । आरन पेशामा मात्रै तिरुवावाडाको गांउमा ३० भन्दा बढिले काम गर्ने भएकाले सामान विक्रि गर्दा एकले चार सय गरेमा अर्काे तीन सयमा दिदा उचित ज्याला नपाउने गरेका बताएका छन । आफुहरुमा एकता भएको खण्डमा ज्याला पनि तोकेको पाईने भएकाले एकताको खांचो औंल्याएका छन ।
    दलित गैर सरकारी संस्था हुडासका अध्यक्ष दान बहादुर विश्वकर्माले यसका लागि  पहिलो कुरा दलितमा एकताको आवश्याक भएको बताउदै जिल्लामा लघुउद्यम लगाएतका निकायले आरन घर निर्माण लगाएतका कार्यका लागि सहयोग गरेको बताए । उनका अनुसार दलितको नाममा स्थापना भएका संघ सस्थाहरुले दलितको नाममा मागि खाने भांडो बनाएकोमा आफु सहमत भएको बताएका छन । आफु त्यसको लागि जिल्लामा समन्वय गरी एक रुपतामा निति नियमका लागि पहल गर्ने बताएका छन ।

No comments:

Post a Comment