Saturday, November 15, 2014

पहिले क्रान्ति अहिले व्यापार

कालीकोट
कात्तिक ३०/सोह वर्षको उमेरमा पार्टी(भुमिगत)मा लागेर करिव छ वर्ष जनयुद्धमा विताएका फुकोट गाविसका एक पुर्व जनसेना अहिले गांउमा मदिराको कारोवार गर्ने  एक व्यापारी भएका छन । कुनै जमानामा मदिराको नाम समेत लिन नमान्ने कयौं ठांउमा मदिरा उत्पादन र प्रयोग गर्नेलाई कार्वाही गर्ने राजकुमार शाही आफै मदिरा व्यापारी भए पछि आफैलाई अर्कै महसुस भएका बताउछन ।

    ०५६ साल देखि ०६० साल सम्म राजनैतिक क्षेत्रमा र ०६० देखि ०६५ सम्म सैन्य क्षेत्रमा काम गरेका शाहीले परिवार सहित जनसेनामा पांच वर्ष कटाएर अवकासका समयमा पाएको रकमले कैलालिको लम्कि र बांकेको कोहलपुर मदनचोकमा  घडेरी लिएर बांकी रहेको रकमले कालीकोटको लालिघाटबाट व्यापार शुरु गरेका शाहीले खुद्रा,कस्मेटिक व्यापारबाट राम्रो कमाई नभए पछि रास्कोटको आरसिपि वजार सरेका थिए । उनले रास्कोटमा कस्मेटिक तथा खुद्रा व्यापार गर्दा कमाई नभएका कारण मदिरा राख्न बाध्य भएको बताएका छन । गांउमा अन्य व्यापार भन्दा मदिराबाट राम्रो आम्दानि हुने भएकाले अनिवार्य रुपमा व्यापारका लागि मदिरा राख्नु परेको उनले बताएका छन ।
     लामो समय सम्म मदिराको व्यापार राख्न नचाहेको भए पनि सवैको पसलमा मदिरा हुंदा व्यापार बढेको बताउन थाले पछि आफुले पनि लाईसेन्स ल्याई मदिरा राख्नु परेको बताए । पहिले त आफै मदिराको नाम लिन नमान्ने अवस्थामा थियो नि त भन्ने प्रश्नमा शाहीले परिस्थिति अनुसार आफु चल्नु परेका बताएका छन । 
    छ वर्ष जनयुद्धमा सहभागि भएकोमा अहिलेको अवस्थाका कारण पार्टी नेतृत्व प्रति घृणा जागेर आउने गरेको उनि बताउछन । उनका अनुसार आफु कुनै पनि राजनैतिक र नेताका पछि नलाग्ने अव देखि व्यापार गरी जिवन गुजारा गर्ने बताउदै आएका छन । जिवनमा पहिले क्रान्ति(युद्ध) गरियो अव व्यापार गरेर घरपरिवारको पालनपोषण गर्ने उनको लक्ष रहेको छ ।शाहीका अनुसार क्रान्तिमा  लागेर उपलव्धि नभई क्षेति मात्रै भएकोमा पश्चाताप गरि रहेका छन । व्यापारमा लागेको भए आफ्नो जिवन सम्पन्नसालि बन्नेमा विश्वस्त रहेका छन । शाहीले आफु जनयुद्धमा लागेर कमाई भन्दा पनि जिवन अर्काको साहारामा चल्ने श्रम होईन परनिर्भर भएर अघि बढ्नु परेको बताएका छन ।अहिले जनसेनामा काम गरेका युवाहरुले शहरिया ईलाकामा कालोधन्दा गर्ने र कमाईका लागि मरिहत्ते नै गर्ने गरेको उनको भनाई रहेको छ । कालीकोट जिल्लाबाट करिव पांच सय भन्दा बढि युवाहरु जनसेनामा काम गरे अहिले ४० भन्दा बढि  नेपालि सेनामा समायोजन भए पनि अधिकांस युवाहरु घर फर्केर व्यावसाय भन्दा पनि पाएको रकमले घरघडेरी बनाएर अहिले भारतमा मात्र नभई खाडि मुलुकमा पैसा कमाउनका लागि लागेका छन । जनसेनामा लागेका अधिकांस युवा कालीकोटमा फर्केका छैनन् । जिल्ला बाहिर बसेर कुनै न कुनै व्यावसायमा लागेर जिवन गुजारा चलाएका छन ।
     जिल्लामा फर्केका युवाहरुले मदिरा लगाएतका व्यापारमा लागेका छन । युद्धमा लागेर कमाई होईन अल्छि र श्रम गर्नु भन्दा बसि खानु पर्छ भन्ने वानिको विकास भएको उनको तर्क छ । जनयुद्धले नेता र कमाण्डरहरुमा धनयुद्धले कायापलट गराए पछि स्थानिय कार्यक्रतारुमा घृणा जाग्न थालेका राजकुमार शाहीको भनाई रहेको छ ।युद्ध ताका विदेशिको गुलामि होईन भन्ने प्रशिक्षण पाएको तर विगतमा भनेका कुरा आज ठिक विपरित भए पछि कार्यक्रताको यो अवस्था आएको बताए ।
    घर फर्केका अधिकांस जनसेनामा लागेका युवाहरुले व्यापार व्यवसाय नै रोजेका छन । कालीकोटमा फर्कका पूर्व जनसेनाले ल्याएको रकम घरघडेरी बाहेक अरु भने केही व्यासाय गर्न नसकेको बताइएको छ ।

No comments:

Post a Comment