Saturday, November 15, 2014

हिमचुलिको समुह प्रवेश तालिम सम्पन्न


कालीकोट
कात्तिक २९/हिमचुलि कृषि सहकारी संस्था लि. रास्कोट द्धारा संचालित लघुवित्त कार्यक्रमको समुह  प्रवेश पूर्व तालिम आज एक कार्यक्रमका विच स्युनामा सम्पन्न भएको छ ।

  संस्थाका शाखा प्रबन्धक रुपेन्द्र ऐडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । शाखा प्रबन्धक रुपेन्द्र ऐडीले संस्थाले समुदाय गरिवको रेखामुनि रहेका महिलाहरुलाई घरदैलो बैंकिं¨ सेवा दिने भएकाले आय आर्जन बृद्धिका लागि समुहमा लागि पर्न अनुरोध गर्नु भएको छ । त्यसै गरी कार्यक्रममा बयोबृद मेघराज शाहीले विभिन्न संसथाले गांउमा बद्नाम गरेकाले हिमचुलि सहकारीलाई सहि ढंगले अघि बढ्न अनुरोध गर्नु भएको छ । संस्थाका फिल्ड सहायक कृष्ण प्रसाद बरालले कात्तिक २३ गते देखि सहजिकरण गरेको तालिममा स्युना गाविसका वडा न.४,५ र ७ बुढावाडाका १५ जना महिलाहरुको सहभागिता रहेको छ ।
   तालिमको अन्तिम दिन आज तालिम संचालन भएको अन्तिम दिनमा पांच पांच जनाको तीन वटा समुह र सो समुहको हातेमालो हिमचुलि महिला केन्द्र न.२४ गठन गरिएको छ । उक्त केन्द्रको केन्द्र प्रमुख वविता शाही र केन्द्र उपप्रमुख शारदा बुढा सर्वसम्मत चयन गरिएको तालिममा सहभागि सलत रोकायाले बताउनु भएको छ । हिमचुलि कृषि सहकारी संस्था शाखा रास्कोटले समुदायका पछि परेका तथा गरिवको रेखामुनि रहेका महिलाहरुलाई आय आर्जनका लागि व्यवसायिक सिप विकास तथा तालिम दिदै बचत र ऋणको कारोवार गर्दै आएको छ । यस शाखाका स्युना र फुकोट गाविसमा लघुवित्त कार्यक्रममा हाल २४ वटा केन्द्रहरुमा ४सय ८५ जना महिला सदस्यहरु समुहमा गोलवन्द भएका छन भने उक्त समुहमा ५० लाख बढि ऋणको कारोवार भएको छ भने अन्य पुरुष समुह तर्फ १५ वटा समुहमा ३० लाख बढि ऋण लगानि भएको शाखाले  जनाएको छ ।शाखाको कार्यक्षेत्र मुम्रा देखि नानिकोट हुदै बदालकोट सम्म लघुवित्त कार्यक्रम तिव्रतामा लिने फिल्ड प्रतिनिधि सलत रोकायाले बताउनु भएको छ ।

No comments:

Post a Comment