Wednesday, October 29, 2014

हराभरा बन्दै कालीकोटका ग्रामिण क्षेत्र कालीकोट

कालीकोट
१३ कात्तिक /उत्पादनका हिसावले परनिर्भर बन्दै गएको क्षेत्र भए पनि रास्कोटले वन पैदावरका हिसावमा पछिल्लो समयमा कालीकोटको छुट््टै पहिचान कायम गर्न सफल भएको छ ।

      कुनै जमानामा रास्कोट क्षेत्रमा दाउराको हाहाकार भएर गोवरको गुईठा सुकाएर खाना पकाउने चलन थियो । दिनमा मेलापातमा सुकेको गोवर जम्मा गरी खाना पकाउदाको पिडा स्मरण गर्दै स्युनाका विरजित फर्सालले भने । पहिलेको तुलनामा अहिले धेरैे सहज भएको छ । अहिले गांउघर वरीपरी नै वन जंगल जस्तैं बोट विरुवा लगाउदा अति रमाईलोका साथै दाउराको पनि सहज हुन गएको छ । त्यति मात्र होईन घर वरिपरि मात्र नभई सामुदायिक बनमा समेत विरुवा लगाउने चलननै बसेको छ ।
        चारै तर्फका क्षेत्रहरु बदालकोट अनि सान्नि दरमा घुचिमुचि भएको बन देखिने तर रास्कोटका डांडाकांडाहरुमा भने सुक्खा घास बाहेक अरु कुनै  पनि विरुवा नहुंदा उराठ लाग्ने भुमि देखिने भए पनि अहिले वनजंगल हेर्न पाउदा छुट्टै आनन्द आउने गरेको समाजसेवि इलाका नम्बर तीनका निवर्तमान जिल्ला सदस्य धर्मराज फडेराले बताए । उनका अनुसार रास्कोट क्षेत्रका स्युना,फुकोट र सिप्खाना गाविस वन जंगल र मेलापातका हिसावले धेरै समस्या झेल्नुपर्ने क्षेत्रका रुपमा चिनिदै आएका थियो तर त्यो समस्या अहिले भने हटेको छ  । अहिले स्युना ३ को कर्णालि वस्तिका गांउका घर टाढा बाट हेर्दा देखिदैनन् । जहां घर वरीपोरी ठुला ठुला रुख भएका कारण गांउ भन्दा पनि जंगल होकी  भन्ने भान हुने गरेको स्थानिय शुकिले  शार्कीले बताए ।
     पहिले दाउरा ल्याउनका लागि दिन भरीको यात्रा हींडेर तीन हजारको उचाई अग्लो लेकमा मात्र नभई छिमेकी गाविस रकु, मुम्रा, बदालकोटको सिकु जानु पर्ने अवस्था थियोे । अहिले सामुदायिक बनमा पुर्जी बनाएर दाउराको जोहो पहिले नै गर्ने चलन बसेकोमा स्थानिय खुसि भएका छन ।आरसिपि वजारमा व्यापार व्यावसाय गर्दै आएका स्युना आठका राजेन्द्र शाहीले घर वरिपरी अहिले हरियालि नै बनाएका छन ।
     दस वर्ष अघि नांगा देखिने डांडाकांडाहरुमा अहिले सल्लाका रुख देखिने गरेका छन । पहिलेका मान्छेहरु रास्कोटमा कुनै पनि विरुवा रौप्दा हुदै नहुने भन्ने गरी पनि युवाहरुले जवरजस्त विरुवा रोपेर त्यसको सुरक्षा राम्रो गर्दा विरुवा हुर्केेका फुकोटका कविराज न्यौपानेको भनाइ रहेको छ । उनले शुरुवातको चरणमा विरुवा लगाउदा गांउलेहरुले अनौंठो मानेको भए पनि पछिल्लो समयमा खोला खेतको किनारमा लगाएको उत्तिस छोटो समयमा बढेर दाउरा मात्र होईन घरमा आवश्याक दार काठको रुपमा प्रयोग हुन थाले पछि सामुहिक भन्दा पनि समुदायहरु व्यात्तिगत विरुवा लगाउनमा सक्रिय हुन थालेका छ ।  जिल्ला वन कार्यालय कालीकोटले कालीकोट जिल्लालाइ हरित कालीकोटको नारा कायम गर्दै हराभरा बनाउने उद्देश्यले विभिन्न जातका विरुवाहरु निशुल्क उपलब्ध गराउन थाले पछि झनै स्थानियमा उत्साह थपिएको जिल्ला बन कार्यालय कालीकोटले जनाएको छ । कालीकोट जिल्लाका अन्य क्षेत्रमा वन फडानिले तिव्रता छाएको र विभिन्न निकायले सहयोग गर्न थाले पछि वन जोगाउनमा स्थानिय लागि परेका छन ।
    सादा नेपाल नामक गैरसरकारी संस्थाले सामुदायिक वनको संरक्षणका लागि बहुसरोकारवाला बन कार्यक्रम लागु गरे पछि सामुदायिक वनहरुका समिति तथा स्थानियमा सक्रियता छाएको बताइएको छ । बहुसरोकारवाला कार्यक्रम सामुदायिक वनको व्यवस्थापन र सुदृढ गर्नुका साथै सामुदायिक वन भित्रका अति गरिवि परिवार छनोट गरेर दस जना निम्न तथा असाहय र एकल महिलाहरुलाई प्रति व्याक्ति दस हजार रकम आय आर्जनका लागि लगानि गरे पछि स्थानिय उपभोक्तामा हौसला छाएको रमणिय सामुदायिक वन उपभोक्ता समिति बदालकोटका अध्यक्ष पूर्ण बहादुर खड्काले बताएका छन । बदालकोटमा सवै भन्दा बढि वन जंगल भएको गाविसका रुपमा रहेको छ ।
   कालीकोटमामा बन जंगलले ओगटेको क्षेत्र भए पनि हाल मासिने क्रमले निरन्तरता पाएको छ । विशेष गरी जनयुद्धकालमा सवै भन्दा बढि वन जंगल मासिएको बताइएको छ । तत्कालिन अवस्थामा गांउघरमा सरकारी सुरक्षा कर्मि र तत्कालिन माओवादी विद्रोहीको समस्या खेप्नु पर्ने भएका कारण जंगलमा गएर वन फडांनि गर्ने गरेको बताइएको छ ।तत्कालिन अवस्थामा के कति वन फडानि भयो भन्ने वारेमा एकिन डाटा नभए पनि वन जंगलको नास भएको बताएको छ । जिल्लामा आधा दर्जन वढि गैरसरकारी निकायले वन क्षेत्रमा काम गरेर प्रगति प्रतिवेदनमा उल्लेखनिय सफलता हांसिल गरेको भए पनि उचित व्यवस्थापनको अभाव रहेको बताइएको छ । जिल्ला वन कार्यालय कालीकोटले निकालेको वार्षिक बुलेटिनका अनुसार जिल्लामा एक सय सत्र सामुदायिक वन, २७ वटा कवुलियति वन रहेको उल्लेख गरिएको छ । जिल्ला वन कार्यालयका अनुसार कालीकोटको कुल क्षेत्रफलमा ३८ हजार नौ सय २९ दसमलव २० हेक्टर क्षेत्रफल वनले ओगटेको बताइएको छ । 

No comments:

Post a Comment