Monday, October 27, 2014

विदेशबाट फर्किर गांउमै मासु व्यावसाय


कालीकोट
११ कात्तिक/पहिले पहिले विदशे गए पछि के के न हुन्छ भन्ने लागेका स्युनाका राजेन्द्र शाही चार वर्ष कतार बसेर कमाई गरेको रकम ल्याएर घर फर्किदा उनको शान अर्कै नै  थियो ।
घरमा वुवाको सरकारी स्थायि शिक्षकको जागिर अनि सन्तानमा पनि पहिलो घरमा काम परे पनि कमै गर्ने वानि परेका शाहीले कमाएको रकमले घर खर्च मात्र होईन भाईलाई उच्च शिक्षामा समेत लगानि गरेका थिए । विदेशमा कडा परिश्रम गरेर कमाई भन्दा पनि जे जति पसिना बगाउनु छ स्वदेशमा नै उत्तम लागेका बताउदै सस्तो ढंगले कमाई गर्ने विभिन्न माध्यम भएको मनमा कतार रहंदा मन मनै खेल्न थाले पक्कै पनि नेपालमा गए पछि केही नयां गर्ने आंट भए पनि सोचेको कुरा गर्न नसकिएको बताउदै शाहीले  आंट गरे के सकिदैन र सवै काम सम्भव हुने रहेछ सोचका साथ गांउमा सामुहिक रुपमा उदाहरणिय काम गर्नै चाहाना भएर पनि  धेरै घरमा रकम खर्चिए पनि बचेको रकमले स्युनामा सामान्य घडेरी र खुद्रा व्यापार शुरु गरे । शुरुमा विदेश जाने मन नभए पनि नेपालका ग्रामिण ईलाकामा चर्किएको जनयुद्धका कारण बस्न नसक्दा उनि एस एल सि दिएर कतार गएका हुन । जव नेपालमा शान्ति स्थापना हुनै लाग्दा घर फर्किएका हुन । परिवार गंगा शाहीको वालविकास केन्द्रमा सहयोगि कार्यक्रताका रुपमा विगत केही वर्ष देखि अध्यापन गर्दै आएकी छन । साथमा दुई सन्तानका बावु बनेका शाहीले खुद्रा व्यापार बाट आम्दानि हुने अवस्था नदेखे पछि  दुई महिना अघि स्युना गाविसमा रहेको आरसिपि वजारमा मासु व्यवसाय शुरु गरेर आम्दानि बढाउने काम गरेका छन । रास्कोट क्षेत्रबाट विदेश जानेमा दोस्रो व्याक्ति बताउने शाही ईन्टरनेट विजिनेस सम्बन्धि काम गर्ने कम्पनिमा काम गर्न  दक्षता हुन नभए पनि चार वर्षको अन्तरालमा राम्रै कमाई गरेको र कमाईको केही हिस्सा ब्याक्तिगत प्रयोजनमा लगाएको भए पनि धेरै कमाउने आशामा जांदा थोरै कमाई गरी पाउन सम्मको दुःख पाइएको भए पनि अव फेरी कहलिे पनि विदेशमा नजाने अठोटमा उनमा पलाएको छ । राजेन्द्र शाही भन्छन गर्ने मान्छेलाई जहां पनि विदेश हुंदो रहेछ नेपालमा पनि विदेशमा गर्ने कमाई भन्दा बढि आर्जन हुने भए पनि जांगर नलगाएर बरालिएर हिंड्ने तर विदेशामा ग्ए पछि अर्काको नेतृत्वमा भनेको मान्ने भए पछि वाध्यतामा काम गर्दा सहज लाग्ने गरेको बताउदै  उनले भने कडा परिश्रम जति विदेशमा गर्छाैं त्यति आफ्नै गांउमा गरे माटोमा सुन फलाउन सक्ने हुन्छ ।राजेन्द्र शाहीले अहिले स्युना वजारमा स्थापना गरेको मासु व्यवसाय फस्टाउन थाले पछि अन्य समुदायलाई पनि नयां अनुभव हुने गरेको छ । प्रतिदिन उनले ३० केजि देखि ५० केजि मासु विक्रि गर्दा अहिले एक दिनमा दुई हजार देखि सात हजार सम्म नाफा कमाउने गरेको बताए ।  उनले भने स्थायि जागिरे  भन्दा पनि बढि रकम मासिक रुपमा कमाउन पांदा विदेश मेरा लागि यहि नै भएको छ उनलाई । जागिरका लागि ठांउ ठांउमा राजनैतिक ज्याक समेत लगाएर भौंतारीनु भन्दा आफ्नै व्यवसाय गरेर केही हुन सक्छ र गर्न सकिन्छ भन्ने आशा पलाएको र अरु युवाहरुलाई समेत विदेश नजान आग्रह आफुले गर्दै आएको बताएका छन । अहिले कालीकोटका ग्रामिण क्षेत्रमा स साना वाल वच्चाहरु गांउको चर्काे ऋण निकालेर उमेर र नाम परिवर्तन गर्दै विदेशिने क्रम बढेका छ ।

No comments:

Post a Comment