Saturday, October 18, 2014

पत्रकार महासंघ अध्यक्ष मल्ल माथि कुटपिट

कालीकोट
२ कार्तिक/नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष काली बहादुर मल्ल माथि शनिवार सांझ निर्घात कुटपिट भएको छ ।

  जुवाडे नियन्त्रण लिने क्रममा प्रहरीलाई सिकाएत गरेको भन्दै मान्म वजारमा होटल व्यावसाय गर्दै आएकी टिका शाही र उनकी आफन्त सुनिता मल्लले प्रशासन अघि हिंडिरहेका मल्ललाई होटलमा बोलाई निर्घात कुटपिट गरेको बताइएको छ । कुटपिटका क्रममा दुवै जना महिलाले दाउराले कुटपिट गरेको र घाईते अध्यक्ष मल्लको टाउको,हात र पेटमा गम्भिर चोटपटक लागेको बताइएको छ । घाईते पत्रकार अध्यक्ष मल्लको अहिले जिल्ला अस्पताल कालीकोटमा उपचार भैरहेको छ । पत्रकार माथि कुटपिटको घटनालाई लिएर नेपात्र पत्रकार महासंघ, प्रेश चौतारी,प्रेश युनियन, क्रान्तिकारी पत्रकार महासंघ, सामुदायिक रेडियो लगाएत पत्रिकाले विज्ञप्ति मार्फत विरोध जनाउदै दोषिलाई कार्वाहीका लागि अनुरोध गरेका छन । विज्ञप्तिमा दिन दहाडै आफ्नो कामको सिलसिलामा हिंडेको अवस्थामा कुटपिट हुनु सिंगो पे्रश माथिको हमला भएको भत्सर्ना गरेको नेपाल पत्रकार महासंघ कालीकोटका सचिव रत्न कार्किले बताएका छन । उनका अनुसार नेपाल पत्रकार महासंघको वैठक वसि कडा आन्दोलनमा जाने बताइएको छ । कालीकोटमा सदरमुकाम देखि ग्रामिण क्षेत्रमा जुवा खेल्नेको होड वाजि नै चलेको छ ।

No comments:

Post a Comment