रुपेन्द्र ऐडी
कालीकोट
असार ,जिल्लामा पहिलो पटक संचालन गरिएको ढाका उद्योगबाट राम्रो आम्दानि हुन थाले पछि यसको माग संगै लोकप्रियता बढ्न थालेको छ ।
स्थानिय सहकारी संस्थाको समन्वयमा ०६४ सालमा घरेलु तथा साना उद्योग विकास समिति कालीकोटको आयोजनामा संचालन गरिएको सिप विकास तालिमबाट शुरु गरेकी ओदानुककी कर्मा सिंहले कमाई संगै नाम कमाउन सफल भएकी छन ।
उनले उत्पादन गरेको ढाका जिल्लामा माग गरे बमोजिम उत्पादन गर्ने र जिल्ला बाहिर समेत पठाउने गरेको बताएकी छन ।
शुरुवातको चरणमा आमा बुवाको सहयोगमा एक्लो प्रयासले शुरु गरेकी कर्माले सिप विकास प्रमाण पत्र पाए पछि ढाका उत्पादनका लागि घरेल कार्यालयमा दर्ता गरेर ढाका उद्योग संचालन गरेको बताएकी छन ।
अविवाहित भएको समयमा शुरु गर्दा आसपासका समाजले एक्लो प्रयासले ढाका जस्तो चिज उत्पादन गर्न सम्भव नहोला भन्ठानेर ईष्या गर्नेहरुका अगाडी दिन रात कडा परिश्रमबाट काम गर्दा अहिले सिपविकासका लागि उद्यमी हुनुका साथै प्रशिक्षकको रुपमा काम गर्न सफल भएको बताईन । आफुले कामको थालनि गर्दा बुवा आमालाई सोध्दा काम गर्ने भने तर सक्छु कि सक्दैन भन्ने लागेको भए पनि सम्भव देखेर काम आंटेको अनुभव सुनाउदै कर्माले भनिन् आफुले उत्पादन गरेको ढाका काठमाडौ प्रदर्शनिमा लिएर जांदा कालीकोटमा उत्पादन आफैले गरेको भन्दा कसैले नपत्याएको तर पछि ढाका उत्पादनका लागि तानमा बसेर बुन्न थाले पछि मात्र पत्याएको बताएकी छन । सो प्रदर्शनिबाट आफुले उत्पादन गरेको ढाकाले तेस्रो स्थान ल्याउन सफल भएको र विदेश भ्रमणका लागि सम्भावना भएको भए पनि विभिन्न समस्याका बाबजुद आफुलाई भन्दा पनि आफ्नो मान्छे अमेरिका भ्रमणमा पठाएको बताईने यस सन्दर्भमा कर्माले जुनसुकै ठांउमा आफ्नो मान्छे भएमा सम्भव हुने रहेछ भन्ने लागेको बताएकी छन ।
पहिलो पटक घरेलु कार्यालयबाट सिप विकासको लागि तालिम पाएको भए पनि अन्य कुनै सुविधा नपाएको बताएकी छन । उनले चार वर्ष पहिले ६० हजार बाट लगानि गरेकी कर्माले अहिले सम्म चार लाख बढि लगानि गरिसकेको बताएकी छन । उनले अहिले वार्षिक दुई लाख आम्दानि गर्ने गरेको बताएकी छन ।
अहिले सम्म सदरमुकाममा ढाका उद्योग संचालन गरेको भए जिल्लाका ठुलावडाबाट अनुगमन समेत नभएकोमा दुःख लागेको बताएकी छन । उनले सहयोगका लागि विभिन्न निकायमा अनुरोध गर्दा पनि वेवास्ता गरेको कर्माको भनाई रहेको छ ।
कर्माले कसैको सहयोग नभए पनि कालीकोटलाई ढाकामय बनाउने योजना रहेको बताएकी छन ।उनले भनिन् कयौं महिलाहरु विदेशमा गएर गुलामी गर्ने भएकोमा दुःख लागेको बताउदै स्वदेशमा केही उद्यम गरेर कमाई गर्ने बताएकी छन ।
जिल्लामा ढाका उत्पादनका लागि तालिम लिएको धेरै भए पनि काम कर्माले बाहेक अरुले गर्न सकेका छैनन् ।

No comments:
Post a Comment