Wednesday, May 29, 2013

कालीकोटका शिक्षक ठेकापट्टा र राजनैतिकमा सक्रिय

रुपेन्द्र ऐडी
कालीकोट
१६जेठ÷विद्यालयमा पढाउने नभई शिक्षक ठेका पट्टा गर्ने क्रम  बढे पछि जिल्ला शिक्षा कार्यलय कालीकोटले गरेको अनुगमनमा ६ महिना भन्दा बढि विद्यालयमा हाजिर नभई ठेक्का पट्टा गर्ने गरेको भटिएको छ ।
   जिल्लाको सदरमुकाम मान्म स्थित  पञ्चकालिका प्रा वि मान्मका प्रधानध्यापक जसि प्रसाद पाण्डे छ महिना, पुष्पलता गिरी ६ महिना,जनजिवन प्रा वि दाहांका प्रधानध्यापक मिन बहादुर शाही, एक सय ४५ दिन हाजिर नभई तलव खाने गरेको अनुगमनमा भेटिएको छ । यि सवै ठेका पट्टामा लागेका छन ।  जिल्ला शिक्षा कार्यालय कालीकोटका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले जिल्लाका विभिन्न विद्यालयका गरेको छड्के अनुगमनका क्रममा यस्तो भेटिएको बताउनु भएको छ । वहांका अनुसार जिल्लाका अधिकांश विद्यालयमा खाजा कार्याक्रमको रकम र छात्र बृतिको रकम समेत दुरुपयोग भएको समेत भेटिएको बताउनु भएको छ ।

Tuesday, May 21, 2013

टुहुरा वालवालिकाहरुलाई जिवन धान्न कठिनाई

रुपेन्द्र ऐडी
कालीकोट
८ जेष्ठ÷कालिकोटका अधिकांस गांउका  टुहुरा वालवालिकाहरुलाई घरव्यवहरा र जिवन धान्न समस्या परेको छ । सदरमुकाम संगै जोडिएको बदालकोट ६ का नमराज शार्की“१३” र वर्ष आठका भाई विर शार्कीका  वुवा जस शार्कीको आठ वर्ष अघि पखाला र त्यसको ठिक एक वर्ष पछि आमा मिमा शार्कीका ह्दयघातका कारण मृत्यु भएपछि टुहुरा भएका हुन ।

Friday, May 17, 2013

विश्व खाद्यको १७ लाख रकम लुटियो

रुपेन्द्र ऐडी
कालीकोट
४जेठ÷सदरमुकाम बाट २१ कोष उत्तरपश्चिममा पर्ने धौलागोहमा सदरमुकामबाट विश्व खाद्य कार्याक्रमले संचालन गरेको चामल वितरण गरेको ढुवानिको रकम लिएर गएका एक जना उपभोक्ता समितिका अध्यक्ष माथि हातपातका साथै स्थानिय वासिको रकम १७ लाख लुटपाट भएको छ ।