Sunday, November 23, 2014

अनुगमनको अभावमा अधिकांस सहकारी संस्था निष्क्रिय

मनिका बोहरा
कालीकोट
मंसिर ८/गांउ गांउमा स्थापना भएका यहांका  अधिकांस सहकारी सस्थाहरु निष्क्रिय रहेको पाइएको छ । डिभिजन सहकारी कार्यालय जुम्लाका अनुसार प्रभावकारी अनुगमनको संयन्त्र नहुदा कालीकोटका ग्रामिण इलाकाका सहकारी संस्थाहरु निष्क्रिय अबस्थामा रहेका छन ।

Saturday, November 15, 2014

कालीकोटमा पुख्र्याैलि आरन ब्यवसाय लोप हुंदै

कालीेकोट
३०कार्तिक/जिल्लाको रास्कोट क्षेत्रमा पर्ने स्युना, फुकोट, सिप्खाना लगाएतका गाविसका स्थानियहरु आफुले गर्दै आएको पुख्र्याैलि आरन पेशा पछिल्लो समयमा युवा जनशक्तिहरुको अरुचिका कारण  उचित ज्याला नपाएको भन्दै सो पेशा हराउन थालेको छ ।

पहिले क्रान्ति अहिले व्यापार

कालीकोट
कात्तिक ३०/सोह वर्षको उमेरमा पार्टी(भुमिगत)मा लागेर करिव छ वर्ष जनयुद्धमा विताएका फुकोट गाविसका एक पुर्व जनसेना अहिले गांउमा मदिराको कारोवार गर्ने  एक व्यापारी भएका छन । कुनै जमानामा मदिराको नाम समेत लिन नमान्ने कयौं ठांउमा मदिरा उत्पादन र प्रयोग गर्नेलाई कार्वाही गर्ने राजकुमार शाही आफै मदिरा व्यापारी भए पछि आफैलाई अर्कै महसुस भएका बताउछन ।

हिमचुलिको समुह प्रवेश तालिम सम्पन्न


कालीकोट
कात्तिक २९/हिमचुलि कृषि सहकारी संस्था लि. रास्कोट द्धारा संचालित लघुवित्त कार्यक्रमको समुह  प्रवेश पूर्व तालिम आज एक कार्यक्रमका विच स्युनामा सम्पन्न भएको छ ।