Thursday, July 31, 2014

गरिवि निवारणको रकम कर्मचारीको पोल्टामा


रकम दुरुपयोगमा संलग्नता छैन –दास
रुपेन्द्र ऐडी
कालीकोट
१५ साउन÷गरिवि निवारणका लागि आएको बाख्रा पैचो कार्यक्रममा कार्यालयका कर्मचारी बाट समुदाय ठगिएका छन ।

माओवादी पूर्व जिल्ला ईन्चार्जको भिरबाट खसेर मृत्यु


कालीकोट
१५ साउन÷ने क पा–माओवादी कालीकोटकी पुर्व जिल्ला ईन्चार्ज गोरीकला वि कको भिरबाट खसेर आज विहान माल्कोटको मिजुमेलामा निधन भएको छ ।

                                                                    हार्दिक समवेदना
 ने क पा .माओवादी कालीकोटको पूर्व जिल्ला ईन्चार्ज गोरीकला विक मानुषिको भिर बाट खसेर असामयिक निधन भएकोमा सिंगो कालीकोट जिल्ला शोक मग्न हुनुका साथै मृतक प्रति श्रदान्जलि तथा परिवार प्रति समवेदना व्याक्त गर्द छु ।
                                                                                         रुपेन्द्र बहादुर ऐडी
                                                                        क्रान्तिकारी पत्रकार महासंघ परिवार कालीकोट

Sunday, July 20, 2014

कालीकोट सदरमुकाम जोखिममा
पहिरो पुरिदा एक महिला वेपत्ता
रुपेन्द्र ऐडी
कालीकोट
साउन४ गते÷ लगातार परेका अविरल वर्षाका कारण कालीकोट जिल्ला सदरमुकाम मान्ममा पहिरो जांदा एक आवासिय विद्यालयमा भान्छेका काम गर्ने एक महलिा बेपत्ता भएकी छन ।

Tuesday, July 8, 2014

कतै रोपाइृ त कतै वेर्ना राख्न शुरु

कालीकोट
२४अषार÷एका विहानै भरुने शार्की कांधमा हलो र साथमा गोरु लिदै खेतबारीमा गए पछि गांउलेहरु पनि वर्षा ऋतुको लागेको महसुस गर्दै आ आफ्नो खेतवारीमा जान थालेका छन ।

Friday, July 4, 2014

समयमा रोपाई नभए पछि कृषकहरु चिन्तित


कालीकोट
२०अषार÷जिल्लाको पश्चिमी भेगको ग्रामिण क्षेत्रका किसान अहिले समयमै मकै छर्न नपाएका कारण बेरोजगार भई बस्न बाध्य भएका छन् ।विशेष त आकाशे पानिका भरमा बर्षे वालि लगाउने नानिकोट, थिर्पू, राम्नाकोट,धौलागोह, खिन,बदालकोट लगाएत रास्कोट क्षेत्रका किसानहरु वालि लगाउन नपाईन भयो भनेर चिन्तित भएका छन् ।
स साना खोला आसपासका क्षेत्रमा पानि ल्याएर धानको बेर्ना जोगाउने काम गरे पनि मकै लगाएतको बालि लगाउनका लागि पानि नपरेपछि समस्या भएको हो । स्थानिय किसानहरुले वा िलगाउनका लागि राखेको विउ समेत पानिमा भिजादै गएर बेर्ना नै नआउने भए पछि चिन्तित भएका छन ।जिल्लाका विकट क्षेत्रमा मात्र होइन अति पानिको सुविधा हुने रास्कोट क्षेत्रमा समेत पानि नपरे पछि गएक वर्ष यहि समयमा धान रोप्नका लागि राखिएको ताइचुम धानको बेर्ना काम नलाग्ने भए पछि झन समस्या थपिएको स्थानियले बताएका छन । कालीकोटका अधिकांस किसानहरुले ताईचुम,मन्सुलि, र स्थानिय जातको सुनालो लगाएतको धान लगाउदै आएका छन । 

विद्युत नहुंदा कालीकोटका एघार गा बि स सोलारले झिलिमिली


रुपेन्द्र ऐडी
कालीकोट
२०अषाढ÷एकमात्र जलबिद्युत केन्द्र रहेको कालीकोटमा विग्रेको एक वर्ष सम्म मर्मत नभएपछि सो क्षेत्रका एघार गाविसमा सोलारको माध्यम बाट गांउ नै झिलिमिलि हुने गरेको छ । विभिन्न संघ सस्था र निजि व्यापारीहरु द्धारा विक्रि बितरण गरिएका सोलारले ग्रामिण इलाकाका बासिन्दामा सहुलिएत तरिका बाट प्राप्त गरेपछि ग्राहकहरुमा सोलार हाल्ने होडवाजि नै चलेको छ ।