कालीकोट१४ चैत्र÷कालीकोट जिल्लाका दुर्गम गांउमा विपन्न वर्ग तथा पछाडी परेका स्थानियहरुले आय आर्जन गरी आत्मनिर्भर बन्नका लागि विभिन्न निकायले वाख्रा वितरण गर्न कार्यले निरन्तरता पाएको छ ।
पछिल्लो समयमा महिला तथा दलित बर्गहरुका परिवारहरुको आय आर्जन गरी व्यवसायिक बन्ने उद्देश्यले महिला वाल वालिका कार्यालय,जिविस अन्तरगतको पश्चिमी उच्चपहाडी गरिवि निवारण आयोजना,जिल्ला पशु सेवा कार्यलय,विभिन्न सहकारी तथा गैरसरकारी निकायहरुले अभियान नै थालेका छन ।

