Monday, April 29, 2013

यात्रुवाहक गाडिमा चामल बोकेको भन्दै रोकिए
 कालीकोट
१६ चैत्र÷यात्रु वोक्ने गाडिमा नेपाल खाद्य संस्थान जुम्लाको चामल र नुन ल्याएको भन्दै टा«फिक प्रहरी कार्यालय कालीकोट द्धारा पांच वटा गाडि मान्ममा रोकिएका छन ।

Sunday, April 28, 2013

प्रयोग नहुदै बिग्रिएका मिल मर्मत भएनन
कालीकोट
१५ वैशाख÷कुटानि पिसानिका लागि स्थापना गरिएको मिल सात वर्ष  सम्म मर्मत नभएपछि सुबिधा लिने आसा लिएका कालिकोट दाहांका स्थानिय बासि मर्कामा परेका छन ।

Saturday, April 27, 2013

असिना पानिले हिउदे वालि नष्ट  २०गाई भैसि समेत मरे
कालीकोट
१४ बैशाख÷लामो समयको अन्तराल पछि आएको पानि संगै असिना परेपछि कालीकोटका अधिकांस ठांउमा लगाएको हिंउदे गहुंवालि नष्ट हुंदा कृषकहरु चिन्तित भएका छन ।
    शुक्रवार सांझ परेको असिनाले जिल्लाका स्युना, सिप्खाना,भर्ता,सुकाटिंया,गेला,मुम्रा लागएतका गाविसमा लगाइएको जौ, गहुवालि लगाएत तरकारी खेतिमा समस्या आएको बताइएको छ ।त्यसै गरी ओदानकु गाविसमा वनमा रहेका २० वटा गाई र भैसि असिना पानिले मृत्यु भएको पत्रकार असोक सिंहले बताएका छन ।
थिर्पुमा एकिकृत घुम्ति शिविर आजबाट शुरु
कालीकोट
चैत्र १४÷अति विकट मानिएको पलांला क्षेत्रको सरस्वति उच्च मा वि थिर्पुमा आज देखि एकिकृत घुम्ति शिविर शुरु भएको छ ।

Tuesday, April 23, 2013

कालिकोट सन्देश : साहित्य

 


सामाना परिवारको टोलि कालीकोटमा आंउदै

११चैत्र÷जनस्वयंम सेवक नेपालको राष्ट्रिय जागरण अभियानको क्रममा केन्द्रिय जनसांस्कृतिक  सामाना परिवारको पश्चिम टोलिले यहि वैशाख १८ गते कालीकोटको सदरमुकाम मान्म खांडाचक्र बजारमा बृहत सांस्कृतिक जनसभा गर्ने भएको छ ।
  कैलालि जिल्लाबाट शुरु भएको पश्चिम सामाना परिवारको टोलि सुदुर पश्चिमका सवै जिल्ला भ्यायर अहिले मुगुमा हिडीरहेको बताइएको छ ।
      सामाना परिवारका पश्चिम टोलिका कमाण्डर झंकर बुढाको टिमले सुदुर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका क्रान्तिकारी लालकिल्लाहरुमा राष्ट्रियताको हकमा मात्र नभै नेपालि जनताले किन आन्दोलन गर्नू प¥यो र के उपलब्धि भए सोको बारेमा कलासंस्कृति बाट जागरुक गराउन थालेको हो । कर्णालि अञ्चलका जिल्लाहरुले विगतमा खेलेको भुमिका र हाल खेलिरहेको भुमिकाका र भावि खेल्नु पर्ने महत्वपूर्ण जिम्मेवारीले अझै सामान्ति सत्ताका अनुयायिहरुलाई तह लगाउने काम गर्ने देखिन्छ ।
     सामाना परिवारको तहल्का मच्चाउने अभियानमा कालीकोट लगाएत दैलेख, अछाम, वाजुराका छिमेकी जिल्लाहरुका सर्वहारा वर्गहरुको उल्लेखनिय उपस्थितिको अपेक्षा लिइएको छ ।सामाना परिवारको टोलि यस अघि कालीकोटको मान्ममा बृहत कार्यक्रम गरेर हजारौं समुदायको साथ पाएको थियो ।यस कार्यक्रममा पनि सामाना परिवारका प्रस्तुतिले नयां आयाम थप्ने विश्वास लिइएको छ । सामाना परिवारको यात्रा देश भरि सफलतामा पुगोस यहि हाम्रो कामना छ ।

सुधारिएको मातृभुमि चुल्हो जडान गरिने
मान्म(कालीकोट)
  १०चैत्र÷कालीकोटमा हिमचुलि कृषि  सहकारी सस्थाले आफ्ना सदस्यहरुको घरमा धुंवा रहित सुधारिएको मातृभुमि चुल्हो जडान गर्न शुरु गरेको छ ।
  सदरमुकाम मान्ममा रहेको हिमचुलि कृषि सहकारी सस्थाले शेयर सदस्यहरुको घरमा सो चुल्हो जडान गर्ने भएको हो ।मातृभमि  उर्जा प्रा.लि.काठमाडौका अध्यक्ष मधुकर के.सि.आफैले निमार्ण गरी धुंवारहित चुल्होले कम मात्रामा दाउराको प्रयोग हुने चुल्हो अनुसन्धान गरेका हुन । उक्त चुल्होको प्रयोगले कालिकोटमा धुंवा रहित हुने भएकाले मातृभुमि चुल्होको लोक प्रियता बढ्दै गएको छ ।

Monday, April 22, 2013

कालीकोटमा च्याउ खेति प्रति कृषकहरु आकर्षित
कालीकोट
९चैत्र÷राम्रो आम्दानि हुने देखेपछि कालीकोटका अधिकांस कृषकहरु च्याउ खेति तर्फ आर्कषित हुन थालेका छन । विभिन्न निकायबाट प्राप्त सिपका आधार च्याउको व्यवसायबाट प्रत्यक्ष रुपमा छोटो समयमा लाभ लिन सकिने भएकाले यस प्रति पछिल्लो समयमा कालीकोटमा कृषकहरु आकर्षित हुन थालेका हुन ।
   जिल्लामा सरकारी निकाय र गैर सरकारी निकायको सहयोगमा तालिम लिएर च्याउ खेतिको व्यवसाय शुरु गरिएको हो ।

Saturday, April 20, 2013

टेक्टर दुर्घटनामा चालकको मृत्यु छ जना घाईते
कालीकोट
८चैत्र÷सदरमुकाम मान्ममा टेक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने छ जना घाईते भएका छन ।
    सुर्खेत जुम्ला सडक खण्डको कालीकोटको मान्म गाविस एक स्थित सुनार खोलामा आज विहान साढे आठ वजे भे १ त ४४७५ को टयाक्टर पल्टिदा चालकको मृत्यु भएको हो ।
        दुई हजार सदस्यको घरमा अनुदानमा सोलार जडान
मनिका बोहरा
कालीकोट
७चैत्र ÷कालीकोट स्थित एक सहकारी सस्थाले आफ्ना शेयर सदस्यको घरमा उज्यालो बाल्ने उद्देश्यले सहकारी गांउ घर उज्यालो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
    सदरमुकाम मान्म ५ स्थित हिमचुलि सहकारी सस्था लि.ले आफ्ना चार हजार तिन सय ६० जना सदस्य मध्ये यस वर्ष दुइ हजार शेयर सदस्यलाई अनुदानमा सोलार प्रणालि जडान गरेर “गांउघर उज्यालो कार्यक्रम” शूरु गरेकोे हो ।
मध्यपश्चिमको नमुना गांउ बन्यो बरांतु
कालीकोट
७ चैत्र÷“महिला हिंसा अन्त्य गरौं,गोठ होइन घर सरौं” भन्ने मुल नाराका साथ कालीकोट जिल्लाको बदालकोट गा वि स स्थित वडा न.एक बरातु गांउलाई एक विशेष कार्यक्रमका विच छाउपडि मुक्त गांउ घोषणा गरिएको छ ।

Friday, April 12, 2013

बच्चा भारत हरिद्धारमा पोषण् भत्ता कालीकोटमा


कालीकोट
चैत्र ३०÷कर्णालि अञ्चलमा आउने पोषण भर्ता अधिकांस वालवालिकाहरुले जिल्ला बाहिर वसेर कालीकोटमा बुझ्ने गरेको भेटिएको छ ।
  पछिल्लो समयमा पोषण भर्ता पाउने गरेपछि गाविसका कार्यलयमा जन्मदर्ताको क्रम बढेको ओदानकु गाविसका सचिव नेत्र बहादुर शाहीले बताएका छन । उनका अनुसार वालवालिकाको पोषण भर्ताका लागि घरमा बच्चा नभएपनि आमा वुवाले वालपोषण भर्ताका लागि मरिहत्ते गर्ने गरेको बताएका छन । उनले त्यति मात्रमा होइन वालवालिका भारतको हरिद्धारमा भएकाहरुले समेत वालपोषण पाउनका लागि गाविसमा आएको बताएका छन । त्यति मात्र होइन वालपोषण भर्ताका लागि बच्चा नजन्मेका अबस्थामा पनि वालपोषण रकम बुझ्ने गरेको स्रोतका दावि छ ।  जिल्ला विकास समिति कालीकोटका अनुसार अहिले रकम दुरुपयोग हुन नदिनका लागि आमा र बच्चाको सयुंक्त फोटो सहितको परिचयपत्र दिन थालिएको बताएको छ ।

Thursday, April 11, 2013

कार पुरस्कार थाप्दा सन्दीप राईले कसको कोट लगाए ?

अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नै र्कायालय एन्फा कम्लेक्स सातदोबाटोमा एनसेल फुटबल प्लेयर अफ द इअर २०६९ को घोषणा कार्यक्रम गर्न लागेको थियो । त्यसका लागि खेलाडी, फुटबल पदाधिकारी तथा पत्रकारहरु विहान ११ बजे नै एन्फा कम्प्लेक्स, सातदोबाटो पुगेका थिए ।

स्वरोजगार कोषको रकम द्धारा भेडा बाख्रा पालन

रुपेन्द्र ऐडी कालीकोट
२९ चैत्र÷कालीकोटको मान्म र बदालकोट गाविसका कृषकहरुले स्वरोजगार कोषको रकम लिएर भेडा तथा बाख्रा पालन शुरु गरेका छन ।
जिल्लामा रहेको हिमचुलि कृषि सहकारी सस्था बाट मान्मका ५ जनाको समुह र बदालकोटका ९ जनाको समुहले छ लाख ऋण लिएर भेडा तथा बाख्रापालन ब्यावसाय शुरु गरेका हुन ।

रकम अभावका कारण बैंकका सेवाग्राही बंचित


२९ चैत्र÷कालीकोटमा रहेको एक मात्र सरकारी बैङ्क राष्ट्रिय बार्णीज्य बैङ्कमा रकम अभाव भएपछि सेवाग्राही सेवा लिन बाट वञ्चित भएका छन ।
बिभिन्न खाले चाडपर्व भनौ वा सरकारी कार्यलयका कर्मचारीले तलव लिने समयमा भनौ बैङ्क भित्र छिर्ने ठाँउ समेत हुदैन । हप्तौ लगायर सदरमुकाम आइपुगेका यहाँका सर्वसाधारणहरुलाई बैंकिङ् सेवा लिन कठिनाई परेको हो ।

खबरदार ! पोर्न साइट खोल्दा भाइरस पस्ला

pornnnnn

अश्लील साइटहरु खोल्दा इन्टरनेट प्रयोगकर्ताहरु जोखिममा परेका र इन्टरनेट ह्याक हुने खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । कतिपय चर्चित पोर्न साइटहरु ब्राउजिङ गर्दा समेत प्रयोगकर्ताहरु थाहा नपाइकन ह्याकरको निसानामा पर्ने गरेको बताइन्छ ।शोधकर्ता कोनराड लंगमोरका अनुसार पोर्न साइटहरुमा देखाइने विभिन्न खालका विज्ञापनहरुमार्फत भाइरसजन्य फाइलहरु डाउनलोड भइरहेको प्रयोगकर्ताले पत्तो नै पाउँदैनन्

कार पुरस्कार थाप्दा सन्दीप राईले कसको कोट लगाए ?



GoalNepal.com - कार पुरस्कार थाप्दा सन्दीप राईले कसको कोट लगाए ?अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नै र्कायालय एन्फा कम्लेक्स सातदोबाटोमा एनसेल फुटबल प्लेयर अफ द इअर २०६९ को घोषणा कार्यक्रम गर्न लागेको थियो । त्यसका लागि खेलाडी, फुटबल पदाधिकारी तथा पत्रकारहरु विहान ११ बजे नै एन्फा कम्प्लेक्स, सातदोबाटो पुगेका थिए ।
     

धरानमा बुढासुब्बा गोल्डकप खेलिरहेका सन्दीप राईले विहीवार हङकङ नेपाली फुटबल महासंघ विरुद्ध खेल्नु पर्ने थियो ।

दक्षिण र उत्तर कोरियासँग के-कति हतियार ?

koreaअहिले विश्वको ध्यान एसियाली दुई राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियातर्फ सोझिएको छ । हरेक मानिसमा यी दुईबीच युद्ध हुने अवस्था आएको प्रति चाख र डर दुवै मिसिएको छ । दुई देशबीच युद्ध हुने प्रसस्त सम्भावना देखिएको भन्दै विश्वका धेरै मानिसले चिन्ता तथा दु:ख व्यक्त गरेका छन् ।
दक्षिण कोरिया र उत्तर कोरियाबीच युद्धको अवस्था आए यसले विश्वलाई नै प्रभाव पार्ने हुनाले पनि यसबारे विश्वका सबै ठाऊँमा चर्चा र चासोको साथ हेरिएको छ ।

अब चाहि राजेशको बिहे पक्कापक्की

rajesh hamal marriage
नेपाली चलचित्रका महानायक राजेश हमालले २०७० सालको सुरूवातमा नै विबाह गर्ने भएका छन् । भर्खरै मात्र सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी प्रेमीका सञ्चारमाध्यम देखापरेको अवस्थामा उनी २०७० सालको सम्भवत पहिलो महिनामा नै विबाह गर्ने सुरमा छन् ।

करिब ७ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहको रूप दिन राजेश हमाल तथा उनकी प्रेमीका मधु भट्टराई पनि तयार रहेको हमाल निकट स्रोतले जनाएको छ ।

निर्वाचनलाई कसैले पनि रोक्न सक्दैन :प्रचण्ड

निर्वाचनलाई कसैले पनि रोक्न सक्दैन :प्रचण्ड
डन न्यूज संवाददाता
पोखरा, २९ चैत । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने संविधानसभा निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ पोखराले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले माओवादी लगायतका केही दललाई चुनाव नचाहने प्रतिक्रियावादी शक्तिले उचालेको बताउँदै उनीहरुले निर्वाचनको गतिविधिमा अवरोध गर्न उक्साएको आरोप समेत लगाउनुभयो । 

उहाँले बैद्य माओवादीलाइ सहमतिमा आउन आग्रह गर्दै सहमतिमा नआए जनताले नै ठेगान लगाउने चेतावनी दिनुभयो ।  यसैबिच, विश्वले चिन्नेछ नेपाल अभियान आजबाट सुरु भएको छ ।  

विश्वकै इतिहासमा सबैभन्दा लामो टक शो गरिने अभियानको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको छ । 
कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले नेपाललाई विश्वमा चिनाउन बुद्ध नेपालमै जन्मेका हुन र सगरमाथा नेपालमै पर्छ भन्ने मात्र नभएर नेपाल प्राकृतिक श्रोत साधनको अपार खानी हो भनेर पनि चिनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले केही महिना भित्रै निर्वाचन हुने भएकाले चुनावको तयारीमा होमिन सबैलाई आह्वान गर्नु भएको छ । उहाँले चुनावबाटै निकास हुने भएकाले छिटो भन्दा छिटो चुनाव हुनुपर्ने बताउनुभयो ।
पोखरा, २९ चैत ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने संविधानसभा निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ पोखराले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले माओवादी लगायतका केही दललाई चुनाव नचाहने प्रतिक्रियावादी शक्तिले उचालेको बताउँदै उनीहरुले निर्वाचनको गतिविधिमा अवरोध गर्न उक्साएको आरोप समेत लगाउनुभयो ।

उहाँले बैद्य माओवादीलाइ सहमतिमा आउन आग्रह गर्दै सहमतिमा नआए जनताले नै ठेगान लगाउने चेतावनी दिनुभयो । यसैबिच, विश्वले चिन्नेछ नेपाल अभियान आजबाट सुरु भएको छ ।

विश्वकै इतिहासमा सबैभन्दा लामो टक शो गरिने अभियानको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको छ ।